आजको पञ्चाङ्ग एवम् राशिफल (२० असोज २०७९ बिहीबार, ६ अक्टोबर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२० असोज २०७९ बिहीबार, ६ अक्टोबर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ शरद ऋतु वि.सं. २०७९ आश्विन २० गते बिहीबार तद्अनुसार सन् २०२२ अक्टुबर ६ तारिख आश्विन शुक्ल पक्षको एकादशी तिथि ८ः५५ पर द्वादशी तिथि धनिष्ठा नक्षत्र धृति योग १ः२८ पर शूल योग बब करण आनन्दादियोगमा श्रीवत्स योग चन्द्रमा मकर राशिमा ८ः४७ पर कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५९ बजे भयो र सूर्यास्त साँझ १७ः४३ बजे हुनेछ । पापाङ्कुशा एकादशीव्रत, अन्नपूर्णा यात्रा ।

आजको राशिफल

मेष – आयस्रोत बढ्ने देखिन्छ तर आज खर्च पनि बढ्नेछ । दामपत्य सुखमा वृद्धि होला । आरोग्य वृद्धि भए पनि अप्रिय समाचारले मन खिन्न रहला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला । यात्रामा सफलता प्राप्त हुनेछ । शत्रु पराजित हुनेछन् ।

वृष – कर्मबल बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ तर काममा मातापिताको सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । कीर्तिमानी काम सम्पादन होला । आशा उत्साह बढ्नेछ । घर–परिवारको स्थिति अनुकूल रहला साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ ।

मिथुन – आजको दिन आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला । विभिन्न सहयोग र उपहार पाइने योग छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ । रसरागमा रुचि बढ्ला । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ । दायित्व पूरा गर्नुहुनेछ । मिठो भोजन मिल्नेछ ।

कर्कट – आरोग्यता बढ्नेछ । शुभ काममा सफलता प्राप्त हुनेछ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । तथापि, कामको समयमा होश नपुग्नाले खर्च हुनेछ। प्रलोभन देखाउनेहरूले आज फसाउन सक्छन् । यात्रामा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् ।

सिंह – आरोग्यता बढ्नेछ । आफन्तसित भेटघाट हुनेछ । इष्टमित्र सन्तानबाट सुख प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा सम्मान पाइने समय छ। रमाइलो यात्राको समेत मौका छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ, ध्यान राख्नुहोला । रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – बन्दै गरेको काममा रोकावट आउन सक्ने हुँदा सावधान रहनु हितकर हुनेछ । कार्य क्षमता वृद्धि होला । परिवारिक सुखमा पनि बढोत्तरी हुनेछ । बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ, विचार राख्नुहोला । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । साझेदारीको कार्य बन्नेछ । रसविलासमा रुची बढ्नेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – आजको दिन न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । आफन्तको सहयोग तथा समर्थन मिल्नेछ । तथापि, काम बिग्रने भयले सताउला । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । स्वादिष्ट भोजनको आनन्द भने पाइएला । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – व्यस्तता बढ्ने तर मान–सम्मान मिल्ने समय छ । अनुकूल समय हुनाले सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । आफन्तको सहयोग बढ्ला । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनुसँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

धनु – समय मिश्रित फलदायी छ । व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ भने यात्राको व्यवस्थापनमा खर्च हुनेछ। द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानीका साथ जुट्नुपर्नेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । समस्याको समाधान गर्नुहुनेछ ।

मकर – आजको दिन स्वास्थ्यका लागि खानपानमा विशेष सावधानी अपनाउनुपर्ला । पढाइलेखाइमा समय दिन नसकिएला । व्यावसायिक काममा पनि त्यत्ति फाइदा हुने देखिँदैन । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ भने पारिवारिक सुख प्राप्त हुनेछ । रसरागमा रुचि बढ्ला । नयाँ सम्भावना देखापर्ला । यात्रामा सफलता पाउनुहुनेछ ।

कुम्भ – पराक्रम वृद्धि हुनेछ तर सफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती समेत सामना गर्नपर्ला । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । घरपरिवारको स्थिति अनुकूल रहनेछ ।

मीन – आजको दिन सुख-सुविधा बढ्नेछ । मन अनुकूलको काम होला । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले काममा फाइदा हुन सक्छ । आयआर्जन पनि राम्रै हुनेछ । प्रतिष्ठित काम गर्ने मौका छ। आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । भाग्यवर्द्धक काममा आकर्षण बढ्नेछ । समयले साथ दिनेछ ।