यस्ता छन् एकीकृत शक्ति नेपालको चुनावी घोषणापत्रका चौबिस बुँदा

यस्ता छन् एकीकृत शक्ति नेपालको चुनावी घोषणापत्रका चौबिस बुँदा


‘हामी आफै बनाउछौँ हाम्रो देश’ भन्ने नारा अघि सारेर निर्वाचनको मैदानमा उत्रिएको ‘एकीकृत शक्ति नेपाल’ले पार्टीका तर्फबाट ३६ जनालाई समानुपातिकको मैदानमा उतारेको छ ।

समानुपातिकतर्फका उम्मेदवारहरूमा डा. मनोहरलाल श्रेष्ठ, कल्पना मेगाले मगर, दीपक लामा, रविना घिसिङ्ग, पूर्णबहादुर लामा, अञ्जना प्रधान, जुलुमरत्न डंगोल, आरती रानामगर, शम्भुमान सिंह, लक्ष्मी श्रेष्ठ, गणेश बन्जरा, प्रतीक्षा खनाल, नानीबाबु दाहाल, विपना पोखरेल, जीतबहादुर बस्नेत, हेमकुमारी थपलिया, जयबहादुर चन्द, इन्दिरा बन्जरा, अम्बिका कुमारी बम, गीता सेढाईं यादव, केउवा थारू, मिना थारू, सुन्दर मिजार, छायाँ रम्तेल, भगवानदास कपाली, रचना रम्तेल, तारामाया दमाई, अमितकुमार गुप्ता, सोनमति कुमारी गुप्ता, उमेश ठाकुर, आरती देवी, चिन्ता देवी माझी, मेराजुद्दिन मियाँ, शैलजा बानु, वासुदेवचन्द्र मल्ल, अर्नुनप्रसाद उप्रेती रहेका छन् ।

प्रदेशसभा निर्वाचनमा सहभागी नहुने जनाएको सो पार्टीले प्रत्यक्षतर्फका उम्मेदवारहरुको नाम २२ असोजसम्ममा तय भइसक्ने जनाएको छ । ‘एकीकृत शक्ति नेपाल’का महासचिव सुभासप्रसाद पाण्डेका अनुसार प्रत्यक्षतर्फको निर्वाचनको मैदानमा बारा जिल्ला क्षेत्र नम्बर ३ बाट नरेश चौलागाईं, कास्की क्षेत्र नम्बर २ बाट सविना बेगम, कपिलवस्तु क्षेत्र नम्बर १ वसन्त पोखरेल, स्याङ्जा २ बाट नरबहादुर खड्काथोकी, सुनसरी क्षेत्र नम्बर ४ बाट गोपाल नेपाल, काठमाडौं क्षेत्र नम्बर ६ बाट काजी कार्की र दाङ क्षेत्र नम्बर ३ बाट झनकबहादुर बस्नेत उम्मेदवार बन्ने निश्चित भएको छ ।

यी हुन् एकीकृत शक्ति नेपालको चुनावी घोषणापत्रका चौबिस बुँदा :

१) अभिभावकीय राज्य व्यवस्थाको निर्माणका लागि,

२) बौद्ध, किराँत, जैन, शिख, बोन, मैत्रीय र इस्लाम लगायतका नेपालीहरूको धर्म संस्कृतिको रक्षा गर्ने वैदिक सनातन हिन्दूराष्ट्र स्थापनाका लागि,

३) राष्ट्रिय बोझ बनेको प्रादेशिक संरचना खारेजीका निम्ति,

४) मानवताविरोधी जातिवादी अवधारणा निर्मूलीकरणका लागि,

५) भ्रष्टाचार र बलात्कारका जघन्य अपराधी विरूद्ध मृत्युदण्डसम्मको कानून निर्माणका लागि,

६) राज्य संयन्त्र र समाजमा भैरहेको राजनीतिकरण र पार्टीकरणको स्थिति अन्त्यका निम्ति,

७) विद्यार्थी, शिक्षक र कर्मचारीको राजनीतिक चरित्रका सङ्गठन निर्माणमा निरुत्साहनका लागि,

८) ट्रेड युनियनलाई व्यवस्थित गरि लगानीमैत्री वातावरण सिर्जना गर्नका निम्ति,

९) राष्ट्रहित केन्द्रित सन्तुलित परराष्ट्र नीति कार्यान्वयनका निम्ति,

१०) भ्रष्टाचारमुक्त कानूनी शासन प्रशासनका निम्ति,

११) मौलिक कृषि प्रणालीलाई प्रोत्साहन र किसानलाई उच्च सम्मान तथा महापुरष्कार सहित सम्मानजनक स्थिति निर्माणका निम्ति,

१२) नेपाली सेना लगायत सबै सुरक्षा संयन्त्रको सबलिकरणका निम्ति,

१३) निःशुल्क शिक्षा, स्वास्थ्य, न्याय र सूरक्षाका निम्ति,

१४) मौलिक, वैज्ञानिक र सांस्कारिक शिक्षा नीति अवलम्बनका निम्ति,

१५) राजनीतिक अस्थिरताको कारण बनेको समानुपातिक निर्वाचन प्रणाली विस्थापनका निम्ति,

१६) नेपाली कला संस्कृति र कलाकारको संरक्षण तथा हित प्रवर्द्धनका निम्ति,

१७) लाभका पद ग्रहण गरेका हरेकको सम्पत्ति छानविनको प्रक्रिया अघि बढाउनका निम्ति,

१८) जनमुखी कर नीति अबलम्बन गरि लगानीमैत्री वातावरण सिर्जनाका लागि,

१९) राष्ट्रिय पूजी र राष्ट्रिय उद्यमीहरूको उत्थानका निम्ति,

२०) सबै सार्बजनिक र वन क्षेत्रमा फलफूलका बिरुवा रोप्ने राष्ट्रिय अभियानका लागि,

२१) गाँजा लगायत औषधीय गुणका वनस्पतिहरूको उच्चतम उपयोग गरि अर्थतन्त्रको विकाशमा विशिष्ट योगदान पुर्‍याउनका निम्ति,

२२) पानीका मुहान तथा श्रोतहरू संरक्षण गरि राष्ट्रिय आयमा वृद्धिका निम्ति,

२३) युवाहरूलाई स्वदेशमै रोजगारीको सुनिश्चितताका निम्ति,

२४) अवान्छित ढङ्गले बिक्री गरिएका (सरकारी स्वामित्वका) उद्योगहरू सरकारकै स्वामित्वमा ल्याइ पुनः सन्चालन गर्ने प्रक्रिया अघि बढाउनका लागि ।

ज्ञातव्य छ, नेपालका राजनीतिक दलहरूमा सबैभन्दा कान्छो दल एकीकृत शक्ति नेपाल वरिष्ठ पत्रकार एवम् राजनीतिक विश्लेषक देवप्रकाश त्रिपाठीको नेतृत्वमा गठन भएको हो ।