आजको पञ्चाङ्ग एवम् राशिफल (२२ असोज २०७९ शनिबार, ८ अक्टोबर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२२ असोज २०७९ शनिबार, ८ अक्टोबर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर शरद ऋतु वि.सं.२०७९ आश्विन २२ गते तद्अनुसार सन् २०२२ अक्टुबर ८ तारिख शनिबार आश्विन शुक्ल पक्षको चतुर्दशी पूर्वाभाद्रपद नक्षत्र वृद्धि योग गर करण आनन्दादिमा काल योग चन्द्रमा कुम्भ राशिमा १२ः९ बजेसम्म त्यसपछि मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः०० मा र सूर्यास्त साँझ १७ः४१ बजे हुनेछ । अखिलबलिपूर्ति ।

आजको राशिफल

मेष – आर्थिक पक्ष बलियो बन्ने दिन छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । आज बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्न सकिएला । प्रतिष्पर्धी परास्त हुनेछन् । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र फाइदा होला । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष – आय वृद्धि र आरोग्यता बढ्ने दिन छ । आम्दानी बढ्नुका साथै उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ । धेरै श्रमपछि अलि कम प्रतिफल पाइने समय छ । आम्दानी सञ्चय गर्न मुस्किल पर्ला । मालमत्ता पनि चोरी वा नष्ट हुने योग रहेकोले सचेत रहनुहोला । विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन् । सार्वजनिक कार्यक्रममा सफलता प्राप्त हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मिथुन – आजको दिन परिवारजनको लागि खर्च बढ्नेछ । उत्साहमा कमी आउला । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् । अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । तथापि, समस्याको समाधान प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – शुभता बढ्नेछ भने पराक्रम वृद्धि हुनेछ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । पढाइमा राम्रै प्रगति हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । खेलकुद एवम् भ्रमणमा रुचि बढ्नेछ । पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति पनि हुनेछ ।

सिंह – सौभाग्य बढ्नेछ । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धनलाभ हुनेछ । मुद्दा मामिलामा विजयी भइनेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनाले आशा उत्साह बढ्नेछ । मित्रजनको साथ मिल्नेछ । पारिवारिक सुख शान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या – प्रेमभाव वृद्धि हुनेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा आर्जन गरिएला । दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – दिन मिश्रित फलदायक रहला । विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । मिथ्या भ्रमणमा समय बित्न सक्छ। स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ । तथापि, पारिवारिक जमघटमा मन रमाउनेछ । रसरागमा रुचि बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – प्रेमभाव बढ्ने र आरोग्य वृद्धि हुने योग भए पनि लेनदेनमा विवाद होला । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । इष्टदेवको पूजा उपासना गर्नाले फाइदा हुनेछ । केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस्। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । सवारी साधनको प्रयोगमा अलि सावधानी अपनाउनुपर्ला । योजना र बजेट बनाइ कार्य बेस होला । ऋण रोग र शत्रुलाई जीत्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – कार्य क्षमता वृद्धि हुनेछ । ब्यस्तता पनि बढ्नेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठनपाठनमा प्रगति हुनेछ । विशेष सभासमारोहमा सहभागी बन्ने मौका छ । आर्थिक अभावले भने अलिक सताउनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । मिठो भोजन प्राप्त हुनेछ । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । प्रेममा सफलता प्राप्त होला ।

मकर – भाग्योन्नतिको दिन छ । आरोग्यता बढ्नेछ । कार्यक्षमता वृद्धि होला । परिश्रम परे पनि काममा सफलता नै मिल्नेछ । सहयोगीहरूले साथ दिनेछन् । नयाँ काममा हात हाल्ने समय छ । प्रशस्त धन आर्जन गर्ने मौका छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – परिवारिक सुख बढ्नेछ । काममा सफलता मिल्नेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यावसायिक यात्राको सम्भावना छ । आम्दानी प्रशस्तै बढ्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । अलि बाध्यताका काममा जुट्नुपर्ला । प्रतिस्पर्धी परास्त होलान् । नयाँ आयस्रोतवर्द्धक काममा सफलता पाउनुसँगै सन्तानको सुख मिल्नेछ । रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – आरोग्यता बढ्नेछ भने आफन्तको साथ मिल्नेछ । तर पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ । परिवारजन तथा बन्धुबान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । वार्तामा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख वृद्धि हुनेछ ।