आजको पञ्चाङ्ग एवम् राशिफल (२७ असोज २०७९ बिहीबार, १३ अक्टोबर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२७ असोज २०७९ बिहीबार, १३ अक्टोबर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ शरद ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ आश्विन २७ गते बिहीबार तद्अनुसार सन् २०२२ अक्टुबर १३ तारिख कार्तिक कृष्ण पक्षको चतुर्थी तिथि कृतिका नक्षत्र सिद्ध योग बब करण आनन्दादिमा लुम्ब योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६:०३ मा भयो र सूर्यास्त साँझ १७:३५ मा हुनेछ ।

आजको राशिफल

मेष – धन-समृद्धि बढ्ने र यात्रामा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ । आज तपाइलाई परिवार तथा साथीभाइको सहयोग प्राप्त होला साथै धनलाभको पनि योग रहेको छ । व्यापारव्यवसायमा लगानी बढाउने समय छ । काममा सफलता प्राप्त हुनेछ । मित्रजनको साथ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला ।

वृष – आरोग्यता र कार्यगति बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । मन प्रशन्न हुनेछ, साथै पढाइमा पनि केहि प्रगति हुने दिन रहेको छ । आज ब्यापारबाट विशेष धनलाभ हुनेछ । आशा उत्साह थपिनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनु हुनेछ ।

मिथुन – लगानी बढ्नेछ र कार्यक्षमता वृद्धि हुने दिन छ । लामो यात्राको सम्भावना पनि छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन् । नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । प्रेममा आकर्षण बढ्नेछ । इष्टमित्र एवम् सन्तानबाट सुख प्राप्त हुनेछ । आरोग्यता वृद्धि हुनेछ ।

कर्कट – आयस्रोत बढ्ने योग भए पनि आजको दिन अति आवश्यक परेको अवस्थामा बाहेक आर्थिक कारोबार सकभर नगर्दा हित हुनेछ । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावना छ । विपरीत लिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धनमा कसिनेछ तर धनको भने नसोचेको नाश हुने दिन छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – सामर्थ्य बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त होला । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । हातमा आएका केही अवसर गुम्न सक्छन् । चोटपटक वा हाडजोर्नीमा समस्या आउने देखिएकाले सवारीसाधन वा हातहतियार उपयोग गर्दा सावधानी अपनाउनुहोला । व्यस्तता वृद्धि हुनेछ ।

कन्या – ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । मनोकूलको काम बन्नेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । उन्नति पदोन्नति हुनेछ । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – ब्यस्तता बढ्ने र दाम्पत्य सुख प्राप्तिको योग छ । काममा सफलता मिल्नेछ । तपार्इंको प्रतिभाको उच्च मूल्यांकन हुनेछ । नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्ने र मानसम्मानमा चोट पुग्ने सम्भावना पनि छ, सचेत रहनुहोला । । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – प्रेमभाव वृद्धि हुने र रमाइलो यात्राको योग छ । तर समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । जिम्मेवारी भने बढिरहनेछन् । जीवनसाथीको समस्याले चिन्ता बढाउन सक्छ । स्थायी सम्पत्तिका विषयमा केही विवाद आउन सक्छ । अन्धविश्वासको भरमा काम गर्नाले दु:ख पाइनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – आजको दिन ब्यस्तता बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । मानसम्मानका साथमा प्रशस्तै आम्दानी बढ्ने समय छ । जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्नेछ । राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुन सक्छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ । सकारात्मकता बढ्नेछ । साझेदारीको काम बन्नेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । दैनिक काममा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग समर्थन प्राप्त हुनेछ ।

मकर – धनवृद्धि हुने तथा प्रेममा सफलता पाउने योग छ । आजको दिन स्वास्थ्यका लागि खानपानमा ध्यान दिनु जरुरी छ । उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ । परिवारजनको सहयोगले उत्साह बढाउनेछ । आफन्तको साथ मिल्नेछ । आयस्रोत बढ्ला ।

कुम्भ – आज टाढाको यात्रा हुन सक्ने योग छ । प्रेमभाव बढ्नेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्थायी सम्पत्ति बढाउन सकिनेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । मान प्रसंशा बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मीन – शुभताका साथै सुखशान्ति वृद्धि होला । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । विलासितामा खर्च बढ्नेछ । उच्च महत्वाकांक्षाले केही नोक्सानीसमेत निम्त्याउन सक्छ । रोगले पनि सताउन सक्छ, ध्यान राख्नुहोला । रसरागमा रुचि बढ्नेछ ।