राष्ट्रपतिको उपस्थितिमा देउसीभैली

राष्ट्रपतिको उपस्थितिमा देउसीभैली


  • photo: rss

राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा तिहार पर्व-२०७९ का अवसरमा सोमबार देउसीभैलो कार्यक्रम गरिएको छ ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा सांस्कृतिक संस्थानले आयोजनामा उक्त देउसीभैलो कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा तिहारसम्बन्धी विशेष गीत/सङ्गीत, नृत्य प्रस्तुत गरिएको थियो । राष्ट्रपति भण्डारीले सम्पूर्ण प्रस्तुति अवलोकन गर्नुभएको थियो । राष्ट्रपति कार्यालयमा प्रत्येक वर्ष तिहार पर्व मनाउने गरिन्छ ।