मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, भारतीय युट्युबर सिंहमाथि ज्यानमुद्धा चलाइने

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, भारतीय युट्युबर सिंहमाथि ज्यानमुद्धा चलाइने


  • विकास रैनियार, गजुरी (धादिङ)

धादिङको गजुरीमा मोटरसाइकल दुर्घटना गराएर पैदलयात्रीको ज्यान लिनुका साथै आफूसमेत घाइते भएका भारतीय युट्युबर प्रभाज्वत सिंहलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतलामा प्रहरीको निगरानीमा उनको उपचार भइरहेको छ ।

चितवनबाट काठमाडौंतर्फ आउँदै गरेका सिंह सवार भारतीय नम्बर एमएच–१–सिडब्लु ५९७१ को मोटरसाइकलले ठक्कर दिँदा मंगलबार धादिङको गजुरी १ स्थित गजुरी बजारमा एक जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा गजुरी १ स्थित नयाँबारी बस्ने ७९ वर्षका सुरबहादुर धिताल छन् ।

दुर्घटनामा पैदल यात्रीको मृत्यु भएको बारे प्रहरीले जट्ट प्रभाज्वतलाई सवारी ज्यान मुद्दा चलाउने भएको छ । उपचार सकिएपछि उनीविरुद्ध सवारी ज्यान मुद्दामा अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रवक्ता डिएसपी श्याम खत्रीले जानकारी दिए ।