कलाकार सन्दीप क्षेत्री सपरिवार अष्ट्रेलियामा

कलाकार सन्दीप क्षेत्री सपरिवार अष्ट्रेलियामा


  • राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया)

आफ्नो उच्चकोटीको प्रस्तुतिका कारण देशदेखि विदेशसम्म छाएका कलाकार सन्दीप क्षेत्री यतिबेला अष्ट्रेलिया आइपुगेका छन् । यतिबेला परिवारसहित अष्ट्रेलिया आइपुगेका सन्दिप अष्ट्रेलियाका विभिन्न शहरहरूमा आयोजना हुने कार्यक्रमहरूमा सहभागी हुने भएका छन् ।

आमा, बुवा, छोरी र श्रीमतीका साथ अष्ट्रेलिया आइपुगेका सन्दिप आफू जहिले अष्ट्रेलिया आउँदा पनि उत्साही हुने कुरा बताउँछन् । उनले भने- ‘पछिल्लो समय यहाँ नेपालीहरूको उपस्थिति बाक्लिँदै जानु र नेपालीहरू विभिन्न पेशा र उच्च पदमा रहनुले पनि अष्ट्रेलियाप्रति सबैको झुकाव बढेको कुरा मैले बुझेको छु । यसपटकको मेरो पारिवारिक भ्रमण र कार्यक्रम दवै भएकोले पनि म पहिलाभन्दा उत्साहित भएको छु’- सन्दिपले भने ।

शनिबार अष्ट्रेलियाको राजधानी क्यानभेरामा आफ्नै प्रस्तुति दिएका सन्दीपले आइतबार सिड्नीको ह्यारिस पार्कमा आयोजित कमेडी कार्यक्रममा उपस्थिति जनाउँदै छन् ।