भन्सार छलेर चोरीपैठारी गरिएको कारसहित युवक पक्राउ

भन्सार छलेर चोरीपैठारी गरिएको कारसहित युवक पक्राउ


भन्सार छलेर चोरीपैठारी गरी ल्याएको दुई थान सवारी साधनसहित भक्तपुर सूर्यविनायक नगरपालिका-९ पलासे ठेगाना भएका २६ वर्षीय रविन ओझालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यकाको विभिन्न स्थानमा भन्सार छलि चोरीपैठारी गरी ल्याएका सवारी साधन बिक्री गर्ने उद्देश्यले राखिएको छ भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले सोही नगरपालिका-९ पलासेबाट टोयटा कम्पनीको कार एक थान र सोही नगरपालिका-८ आदर्शचोकबाट फोर्ड कम्पनीको जिप एक थानसहित उनलाई पक्राउ गरेको हो ।

उनलाई बरामद सवारी साधनसहित आवश्यक कारवाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।