राजीव गान्धीको हत्याकाण्डका तीन दोषी ३१ वर्षपछि रिहा

राजीव गान्धीको हत्याकाण्डका तीन दोषी ३१ वर्षपछि रिहा


भारतका भूतपूर्व प्रधानमन्त्री राजीव गान्धीको हत्यामा दोषी ठहर भइ कारागारमा रहेका ६ जना दोषीलाई ३१ वर्षको जेल सजायपछि भारतको सर्वोच्च अदालतले रिहा गरेको छ । अदालतको फैसला आएको एक दिनपछि तीन अभियुक्तहरू- नलिनी श्रीहरन, उनका पति मुरुगन र सन्थान रिहा भएका छन् । अदालतको आदेशपछि उनीहरू शनिबार साँझ रिहा भएका हुन् ।

रिहा हुनुअघि नलिनी शनिबार बिहान एक स्थानीय प्रहरी चौकीमा उपस्थिति भएकी थिइन् । मे महिनामा सर्वोच्च अदालतले आफ्नो असाधारण शक्तिको प्रयोग गरी सातौँ दोषी पेरारिवलनलाई रिहा गरेको थियो । बाँकी दोषीलाई पनि यही आदेश लागू भएको अदालतले जनाएको छ ।

अदालतले यो पनि उल्लेख गरेको छ कि तमिलनाडु क्याबिनेटले सन् २०१८ मा राज्यपाललाई दोषीहरूलाई रिहा गर्न सिफारिस गरेको थियो र राज्यपाल यसको लागि बाध्य थिए ।

नलिनीबाहेक पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्याको लागि सन् १९९१ मा जेल परेका अन्यहरू श्रीहरन, सन्थान, मुरुगन, रोबर्ट पायस र आरपी छन् ।