विश्वयुद्धका दुई विमान आकाशमा ठोक्किए

विश्वयुद्धका दुई विमान आकाशमा ठोक्किए


अमेरिकाको टेक्सास राज्यमा भएको एयर शोमा विश्वयुद्धकालीन दुई पुराना विमानहरू ठोक्किएर दुर्घटनाग्रस्त भएका छन् । घटनाको भिडियो फुटेजमा कम उचाइमा रहेका विमानले एकअर्कालाई प्रहार गरिरहेको देखिन्छ । एउटा विमान आधा टुक्रा परेको र भुइँमा खस्दा आगो लागेको देख्न सकिन्छ ।

विमानहरू डलास नजिकै एउटा स्मारक एयर शोमा भाग लिइरहेका थिए । दुई विमानमा कति जना सवार थिए वा कोही बाँचे भने तत्काल खुल्न सकेको छैन । दुईमध्ये एउटा एउटा बोइङ बी-१७ फ्लाइङ फोर्ट्रेस थियो ।

संघीय उड्डयन प्रशासनले शनिबारको ‘विंग्स ओभर डलास एयर शो’मा भएको दुर्घटनाको अनुसन्धान गर्ने बताएको छ ।

शुक्रबार भएको भेटरन्स डेको सम्मानमा तीनदिने कार्यक्रम आयोजना गरिएको थियो । डलासका मेयर एरिक जोन्सनले यसलाई ‘भयानक त्रासदी’ भनेका छन् ।

‘भिडियोहरू हृदयविदारक छन्’,उनले ट्वीट गरे, ‘कृपया, आज हाम्रो परिवारलाई मनोरञ्जन र शिक्षा दिनको लागि आकाशमा पुगेका आत्माहरूको लागि प्रार्थना गर्नुहोस्।’

हताहतिको संख्या अझै पुष्टि भइनसकेको तर जमिनमा कोही पनि घाइते नभएको उनले बताएका छन् ।

बी १७ बमवर्षकले दोस्रो विश्वयुद्धमा जर्मनी विरुद्धको हवाई युद्ध जित्न प्रमुख भूमिका खेलेको थियो।

दोस्रो विमान, एक पी ६३ किंग कोब्रा दोस्रो विश्व युद्धमा प्रयोग गरिएको लडाकु विमान थियो ।