चमेराको मासु खाएर भिडयो सार्वजनिक गर्ने महिला पक्राउ

चमेराको मासु खाएर भिडयो सार्वजनिक गर्ने महिला पक्राउ


थाइल्यान्डमा एक महिलाले सोरबा, टमाटर र चमेरोको मासु कचौरामा पस्किएर खाइरहेको भिडियो सार्वजनिक गरेपछि उनी पक्राउ परेकी छन् । फोनचानोक श्रीसुनाक्लुआले उनको युट्युब च्यानलमा ‘जिन जाप बेन नुआ नुआ (मसालेदार र स्वादिष्ट खानुहोस)’ शीर्षकमा पेट मन्थन गर्ने भिडियो पोस्ट गरेकी थिइन् ।

भिडियो क्लिपमा उनी कालो रंगको सुपको अगाडि बसेकी छन् जसमा धेरै मरेका चमेरा थिए । उनले मरेका जनावरहरू मध्ये एउटा उठाइन् र मासुलाई निम जाम नामक चटनीमा डुबाउनुअघि टुक्रा पारिन् ।

समाचार विवरणअनुसार उनले भिडियोमा आफूले पहिलो पटक चमेरा खाएको बताएकी छन् ।

उत्तरी थाइल्यान्डको लाओस सीमानजिकको एउटा बजारबाट उनले उक्त चेमेरा किनेकी थिइन् । उनले आफ्नो खानेकुरालाई स्वादिलो भन्दै स्वादलाई काँचो मासुसँग तुलना गरेकी थिइन् । सार्क-कोभ-२ (जसबाट कोभिड महामारी फैलियो) संक्रमित चमेरा उनले मासु किनेको ठाउँमा फेला परेको थियो ।

उनको भिडियोप्रति इन्टनेटका प्रयोगकर्ताले विभिन्न प्रतिकृया जनाएका छन् । कसैले उक्त भिडियोलाई डरलाग्दो भनेका छन् भने केहीले स्वास्थ्यबारे चासो देखाएका छन् । एक प्रयोगकर्ताले नयाँ कोरोनाभाइरसको कथित उत्पत्तिलाई औंल्याएका थिए । ‘यदि तपाईं मर्दै हुनुहुन्छ भने एक्लै मर्नुहोस्, कसैले पनि तपाईंलाई दोष दिनेछैन । तर, महामारी सुरु भयो भने तपाईं अभिसप्त हुनुहुनेछ’, प्रयोगकर्ताले लेखेका छन् ।

सर्वसाधारणको आक्रोशपछि उनको युट्युव च्यानलबाट भिडियो हटाइएको छ । तर, संरक्षित जनावरको मासु खाएको र कम्पयुरजन्य अपराध एन २००७ बमोजिम उनी पक्राउ परेकी छिन् । दोषी ठहर भएमा उनलाई ५ वर्ष कैद र ५ लाख भाट जरिवाना हुनेछ ।