भक्तपुरमा ट्यांकर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

भक्तपुरमा ट्यांकर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु


भक्तपुरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गएराति भक्तपुर नगरपालिका वडा-१ नगरकोट मोडमा बा ४ ख ४२ ६८ नम्बरको पानी ट्यांकर र बाग्मती प्रदेश ०२-०३१ प ७८६२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीका साजन दुवारीको उपचारका क्रममा भक्तपुर अस्पतालमा ज्यान गएको हो ।

झापाको विर्तामोड नगरपालिका-२ घर भएका भइ भक्तपुरको मध्यपुर थिमि बस्दै आएका अनिल साह घाइते भएका छन् । उनको भक्तपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्यांकर चालक भक्तपुरको ब्यासीका प्रविण सुवाल पक्राउ परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।