एनसीसी बैंकको २५औँ वार्षिक साधारणसभा सम्पन्न

एनसीसी बैंकको २५औँ वार्षिक साधारणसभा सम्पन्न


नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक) को २५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । यही मंसिर २ गते काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा आर्थिक वर्ष २०७८/७९ को वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

उक्त सभामा प्रस्ताव गरिएको ३.३६६३ प्रतिशत बोनस शेयर र ७.६३३७ प्रतिशत नगद लाभांस (लाभांशमा लाग्ने कर समेत) गरी जम्मा ११ प्रतिशत लाभांश वितरणको प्रस्तावसहित सबै प्रस्तावह सर्वसम्मत रुपमा पारित भएको बैंकले जनाएको छ । सभाबाट पारित ३.३६६३ प्रतिशत बोनस शेयरपश्चात यस बैंकको चुक्ता पूँजी रु ११ अर्ब ५१ करोड ४६ लाख ७८ हजार १४ पुग्ने जनाइएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा बैंकको निक्षेप परिचालन २७.७१ प्रतिशतले बृद्धि भइ रू. १४१ अर्ब ५० करोड पुगेकोे छ । त्यसैगरी बैंकले रू. १२४ अर्ब ८७ करोड खुद कर्जा प्रवाह गरी २७.०१ प्रतिशतको वृद्धि हासिल गरेको छ ।

हाल बैंकले सातवटै प्रदेशमा गरी जम्मा १५६ शाखा र १४४ एटिएम र १५ एक्टेन्सन काउण्टरमार्फत आफ्ना ग्राहकलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।