इतिहासमै सर्वाधिक धाँधली भएको त्यो निर्वाचन

इतिहासमै सर्वाधिक धाँधली भएको त्यो निर्वाचन


कहिलेकाही निर्वाचन अनुमान गर्न कठिन हुन्छ । विश्वमा चुनावअघि गरिएका कतिपय प्रक्षेपण फेल खाएका हुन्छन् । अपरिहार्य विजेता जस्तो देखिने कतिपय उम्मेदवारले चुनावमा नमिठो पराजय भोगेका इतिहास हामीले देखेका छौँ ।

त्यस्तै, यसअघि खासै चर्चामा नआएका र विरलै नाम सुनेका व्यक्तिले चुनावमा अप्रत्यासित विजयी हुने गरेका छन् । कतिपय चुनावी परिणम निकै रोचक हुन्छन् जसको परिणामले मतदाता र उम्मेदवार नै चकित पर्ने गरेका छन् । यस्तै चकित पार्ने निर्वाचन लाइबेरियामा भएको थियो ।

सन् १९२७ मा जब चार्ल्स डीबी किङ २ लाख ३४ हजार मतका साथ राष्ट्रपतिमा पुन: निर्वाचित भएपछि विश्व समुदायको ध्यान लाइबेरियामा तानिएको थियो । लाइबेरिया खासै ठूलो देश होइन । राष्ट्रपति निर्वाचनका लागि देशमा त्यतिबेला १५ हजार मतदाता दर्ता भएका थिए । तर, राष्ट्रपतिमा निर्वाचित किङले मतदाताको संख्याभन्दा ठूलो मात्रामा मत प्राप्त गरेका थिए । अन्तर्राष्ट्रिय समुदायले अहिलेसम्मकै सबैभन्दा धाँधली भएको उक्त चुनावलाई मान्यता दिएको थिएन ।

देशको राष्ट्रिय निर्वाचन आयोगका आधुनिक प्रमुख फ्रान्सिस जोनसन-मोरिसले चुनावलाई ‘अहिलेसम्मको सबैभन्दा धाँधली’ भनेर उल्लेख गरेका थिए । त्यसैले गिनिज बुक अफ वर्ल्ड रेकर्डले अहिलेसम्मकै सबैभन्दा धाँधली भएको चुनावलाई खासै महत्व दिएन । व्यापक विरोधबीच निर्वाचन भएको केहीसमयपछि उनी पदमुक्त भएका थिए ।

लिग अफ नेसन्सले किंग र उनको पार्टीलाई सडक र सार्वजनिक कार्य निर्माण गर्न दास श्रमको प्रयोग गराएको रिपोर्ट प्रकाशित गरेको थियो ।