इरानमा अशान्ति, दुई अभिनेत्री पक्राउ

इरानमा अशान्ति, दुई अभिनेत्री पक्राउ


सार्वजनिक रूपमा सरकारविरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा इरानमा दुई प्रमुख इरानी अभिनेत्रीहरू पक्राउ परेका छन् । हेंगमेह गाजियानी र कातायुन रियाहीलाई इरानका अधिकारीहरूविरुद्ध मिलेर काम गरेको आरोप लगाइएको बताइएको छ ।

यसअघि दुवै अभिनेत्री हिजाब नलगाइ सार्वजनिक कार्यक्रममा देखिएका थिए । सेप्टेम्बरमा प्रहरी हिरासतमा एक महिलाको मृत्यु भएपछि फैलिएको प्रदर्शनप्रति ऐक्यबद्धता जनाउँदै उनीहरूले हिजाब फुकालेको अनुमान गरिएको थियो ।

नैतिकतासम्बन्धी प्रहरीको पक्राउमा परेकी २२ वर्षीया महसा अमिनीको हिरासतमै मृत्यु भएको थियो । पक्राउको तीन दिनपछि उनको मृत्यु भएपछि इरानमा सरकारविरोधि प्रदर्शन शुरु भएको थियो।