१९,५९६ मत गणना हुँदा प्रधानमन्त्री देउवालाई ९७७३ मत

१९,५९६ मत गणना हुँदा प्रधानमन्त्री देउवालाई ९७७३ मत


  • डम्बर निदाल, डडेल्धुरा

डडेल्धुरामा प्रतिनिधिसभा सदस्यतर्फ मतगणना जारी रहेको छ । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले फराकिलो अग्रता बढाउँदै लगेका छन् ।

हालसम्म डडेल्धुरामा प्रतिनिधिसभा सदस्यतर्फ १९,५९६ मत गणना हुँदा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले ९ हजार ७ सय ७३ मत प्राप्त गरेका छन् ।

यस्तै, स्वतन्त्रका सागर ढकालले ५१९३ मत प्राप्त गरी दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले २६९४ मत प्राप्त गरेका छन् । हाल सम्म ९१२ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

डडेल्धुरामा ९१ हजार २०१ मतदाता रहेकोमा ५१ हजार ६६० मत खसेको थियो ।