इराकी सेनाको हेलिकप्टर बगदादमा दुर्घटनाग्रस्त

इराकी सेनाको हेलिकप्टर बगदादमा दुर्घटनाग्रस्त


इराकी सेनाको हेलिकप्टर प्राविधिक समस्याका कारण मङ्गलबार सलाहुदिन प्रान्तमा दुर्घटना हुँदा चालक दलका तीन सदस्य घाइते भएको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ ।

राजधानी बग्दादबाट करिब १२० किलोमिटर उत्तरमा रहेको समरा शहर नजिकै हेलिकप्टरको आकस्मिक अवतरण गरिएको मन्त्रालयले जनाएको छ ।

घाइतेहरूलाई उपचारका लागि अस्पताल पुर्‍याइएको र घटनाको प्राविधिक टोली घटनास्थलमा पठाएर अनुसन्धान थालिएको विज्ञप्तिमा उल्लेख छ ।