‘तिम्रो मेरो साथ’को टिजर आयो, चर्चा बटुल्दै

‘तिम्रो मेरो साथ’को टिजर आयो, चर्चा बटुल्दै


  • राजन घिमिरे

अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको चलचित्र तिम्रो मेरो साथको टिजर रिलिज भएको छ । आगामी पौष २९ गतेबाट प्रदर्शनमा आउने यो सिनेमाको शुक्रबार सार्वजनिक टिजरमा माया, प्रेम र बदलाको कथा देख्न सकिन्छ । सिनेमाको सार्वजनिक १ मिनेट ३० लामो टिजरले दर्शकमाझ कौतुहल पैदा गर्ने देखिन्छ ।

रमेश एमके पौडेल निर्देशित चलचित्रमा पुष्प र साम्राज्ञीको अलावा सन्दिप क्षेत्री, इमिली लामा, सरोज खनाल, दिपिशा केसी, खड्क बहादुर पुन खबपु लगायतको मूख्य भूमिका रहेको छ । यो निर्देशक पौडेलको निर्देशकिय डेव्यु सिनेमा हो । ‘तिम्रो मेरो साथ’मा पौडेल स्वयमको कथा, गीत र लगानी रहेको छ ।

सिनेमाका लेखक र कार्यकारी निर्माता सबिर श्रेष्ठ हुन् । आर्यन फिल्मस् र बोधी एचडिको ब्यानरमा निर्माण भएको सिनेमामा पासाङ लामा निर्माता हुन भने निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल तथा सुधिर पराजुली सह निर्माताको रूपमा रहेका छन् ।