सप्तरीमा बेपत्ता राउत घाँटी रेटेर हत्या गरिएको अवस्थामा

सप्तरीमा बेपत्ता राउत घाँटी रेटेर हत्या गरिएको अवस्थामा


गत सोमबार राति बेपत्ता भएका सप्तरीको कञ्चनरुप नगरपालिका-१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको पाइएको छ । उनको शव घरदेखि डेढ सय मिटर उत्तरतर्फको पोखरीमा घाँटी रेटिएको अवस्थामा मङ्गलबार फेला परेको हो ।

हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताएका छन् । बेपत्ता भएपछि राउतको खोजी गरिदिन उनका परिवारका सदस्यले प्रहरीलाई अनुरोध गरेका थिए ।

तालिमप्राप्त कुकुरको सहायता लिएर घटनाको अनुसन्धान अघि बढाइएको डिएस्पी सिंहको भनाइ छ ।