अटोमोबाइल्समा लगाइएको आयात प्रतिबन्ध हटाउन माग

अटोमोबाइल्समा लगाइएको आयात प्रतिबन्ध हटाउन माग


अटोमोबाइल्स एशोसियन अफ नेपाल (नाडा)ले अटोमोबाइल्स क्षेत्रमा लगाइएको आयात प्रतिबन्ध फुकुवा गर्न माग गरेको छ ।

नाडाले शुक्रबार पत्रकार सम्मेलन गरी विगत आठ महिनादेखि अटोमोबाइल्समा प्रतिबन्ध लगाउँदा समस्या भएको भन्दै आयात प्रतिबद्ध फुकुवा गर्न माग गरेको हो ।

नाडाका उपाध्यक्ष सुनिल रिजालले अटोमोबाइल्स आयात प्रतिबन्ध लगाउँदा व्यावसायमा समस्या सिर्जना भएको बताए ।

अटोमोबाइल्स व्यवसायीले ब्याजदरमा कटौती, कोरोनाकालमा सङ्कटमा परेका व्यवसायीलाई राहतको व्यवस्था, अटोमोबाइल्सको प्रतिबन्ध फुकुवा हुनुपर्नेलगायतका माग राखी राखेका छन् ।