हिजाबविरोध प्रदर्शनमा रुढीबादी क्षेत्रका महिलाको पनि ऐक्यबद्धता

हिजाबविरोध प्रदर्शनमा रुढीबादी क्षेत्रका महिलाको पनि ऐक्यबद्धता


इरानको रूढिवादी क्षेत्र सिस्तान-बलुचिस्तान प्रान्तका कालो पहिरन लगाएका महिलाहरूले देशमा जारी हिजाबविरोधी राष्ट्रव्यापी प्रदर्शनमा एक्यबद्धता जनाएका छन् ।

सेप्टेम्बरको मध्यमा प्रहरी हिरासमा रहेकी २२ वर्षीया महसा अमिनीको तेहरानमा मृत्युपछि देशव्यापी प्रदर्शन हुँदै आएको छ । हिजाबसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । पछि उनको हिरासतमै मृत्यु भएको थियो ।

अनलाइन पोस्ट गरिएको एउटा भिडियोमा महिलाहरूले ‘नारी, जीवन, स्वतन्त्रता’ लेखिएको ब्यानर बोकेर सरकारविरुद्ध प्रदर्शन गरेका थिए ।