उखुबारीमा आगो लाग्दा लाखौँको क्षति

उखुबारीमा आगो लाग्दा लाखौँको क्षति


  • आरपी उपाध्याय, नवलपरासी

पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका अन्तर्गत उखु बालीमा आगलागी हुँदा लाखौँ मूल्यको तयारी उखुबाली नष्ट भएको छ ।

प्रतापपुर गाउँपालिका वडा नं. ५ अन्तर्गत बेतहानी गाउँनजिकको उखुबालीमा आइतबार दिउँसो आगलागी हुँदा करिब १३ लाखको उखु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जानकारी दिएको छ ।

बेतहानी गाउँमा बसोबास गर्ने भिकारी कुर्मी, महेन्द्र पासी, सन्जय पासी समेतको ४ बिगहा ८ कट्ठामा तयारी हातमा रहेको उखुबालीमा आगलागी हुँदा उक्त परिमाणको उखु जलेर नष्ट भएको हो । उखुबालीमा लागेको आगो स्थानीय र प्रहरीको संयुक्त प्रयासमा नियन्त्रण गरिएको थियो । आगलागी किन र कसरी भएको हो भन्नेबारे अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।