झारफुकको बहानामा धामीबाट महिला बलात्कृत

झारफुकको बहानामा धामीबाट महिला बलात्कृत


झारफूक गर्ने भन्दै कपिलबस्तुमा एक धामीले महिलालाई बलात्कार गरेका छन् ।

मंसिर २० गते २७ वर्षीया एक युवतीलाई झारफुकको बहानामा वाणगंगा नगरपालिका १० मेचकुरीका २७ वर्षीय पप्पु हरिजनले जबर्जस्ती करणी गरी फरार रहेका थिए । पीडित युवतीको जाहेरीपछि हरिजनलाई प्रहरीले मंसिर २७ गते पक्राउ गरेको हो ।

बिरामी रहेकी ती युवतीलाई हरिजनले रातको समयमा झारफुक गरे ठिक हुने भन्दै जबर्जस्ती करणी गरेको पीडित युवतीले बताएकी छन् ।

पक्राउ परेका हरिजनले यसअघि पनि यस प्रकारको अपराधिक कार्य गरेको हुन सक्ने भन्ने सूचनाको आधारमा थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।