सुस्तामा ट्रयाक्टर दुर्घटना, एकको मृत्यु एक जना घाइते

सुस्तामा ट्रयाक्टर दुर्घटना, एकको मृत्यु एक जना घाइते


  • रविन्द्र यादव, पश्चिम नवलपरासी

सुस्तामा ट्याक्टर दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने अर्का एक घाइते भएका छन् ।

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं ३ बिगेटस्थित भित्री सडकखण्डमा कुडियाबाट रतनगंजतर्फ जाँदै गरेको लु ३ त २८४ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टँदा सुस्ता गाउँपालिका वडा नं ५ का १३ वर्षका रोहित कंकरको मृत्यु भएको हो ।

टाउकोमा चोट लागेर गम्भीर घाइते भएका कंकरको उपचारका क्रममा जिल्ला अस्पताल परासीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायब निरीक्षक एवम् सुचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

दुर्घटनामा सुस्ता गाउँपालिका वडा नं ४ नर्सहीका बस्ने २१ वर्षका सुकई मल्लाह घाइते भएका छन् । घाइतेको हाल भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।