मिथ्या समाचारको बिगबिगी, मूलधारका मिडियालाई चुनौती

मिथ्या समाचारको बिगबिगी, मूलधारका मिडियालाई चुनौती


  • आरपी उपाध्याय, नवलपरासी

नेपाल पत्रकार महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सामाजिक संञ्जालका कारण झुटा समाचारको बिगबिगी बढेको धारणा राखेका छन् ।

पत्रकार महासंघ पश्चिम नवलपरासी शाखाको १२औं वार्षिक साधारणसभाको परासीमा उद्घाटन गर्दै विष्टले पछिल्लो चरणमा फेक न्युजको बिगबिगी बढेको बताए ।

मिथ्या सूचनाका कारण मूलधारका मिडियालाई चुनौती थपिएको उल्लेख गर्दै उनले त्यसतर्फ सम्पुर्ण पत्रकार जगत नै सचेत बन्नुपर्नेमा जोड दिए ।

श्रम मुल्य र प्रेस स्वतन्त्रताको ग्यारेन्टी नै आजको मुख्य आवश्यकता भएको बताउादै विष्टले संञ्चार संस्था र संचारकमर््िलाई स्थाीइत्व प्रदान गर्ने गरी पत्रकारसम्वद्ध संघ संस्थाले काम गर्नुपर्ने उन्क्ँे भनाय थियो।

साधारणसभामा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले अहिले पत्रकाीरता पेसालाई मर्यादित बनाउनु नै मुख्य चुनौती भएको धारणा राख्दै मिडियाबिनाको समाजको कल्पना गर्न नसकिने बताए । अहिले मिडिया मात्रै नहुने हो भने देशमा बेथितिको दर उच्च बिन्दुमा पुग्ने बताउँदै मिडियाकै खबरदारीले सुशासन कायम गर्न सघाउ पुगेको जिकिर गरे ।

कार्यक्रममा महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय महासचिव रविलाल पाण्डे, प्रेस चौतारीका प्रदेशसचिव वेनिमाधव बस्याल, प्रेस युनियनका जिल्ला अध्यक्ष पुरुषोत्तम सुवेदी, प्रेस सेन्टरका जिल्ला उपाध्यक्ष चिरञ्जीवी न्यौपाने, कुष्माखर ढकाल, उर्मिला अग्रहरीलगायतले आ आफ्नो धारणा राखेका थिए ।

साधारण सभामा स्वर्गिय पत्रकार घनश्याम भुषाल राजुको धर्मपत्नी नविता पोखरेललाई दुर्घटना बिमाबापतको एक लाख रुपैयाँको चेक हस्तान्तरण गरियो ।

महासंघले जिल्लाका सबै पत्रकारको दुर्घटना बिमा गरेको छ । अध्यक्ष हरि शर्माको अध्यक्षतामा भएको साधारणसभाले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष प्रकाश न्यौपानको आर्थिक प्रतिवेदन र सहसचिव श्याम बुचाँद्वारा प्रस्तुत सचिवको प्रतिवेदन सर्वसम्मतले पारित गरेको थियो । पत्रकार महासंघ पश्चिम नवलपरासीमा ८६ जना सदस्य आबद्ध रहेका छन् ।