छोराको ज्यान बचाइदिन ठकुरीको आग्रह

छोराको ज्यान बचाइदिन ठकुरीको आग्रह


गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडा नं २ हाँडीखोला निवासी प्रकाश ठकुरीले आफ्नो अढाइ वर्षका छोराको ज्यान बचाइदिन सहयोगको याचना गरेका छन् ।

एक्कासी बान्ता गरेर अचेत भएका अभिषेक ठकुरी यतिखेर शिक्षण अस्पताल महाराजगञ्जको आइसीयुमा उपचारका क्रममा मृत्युसँग जुध्दै छन् ।

भैरहवा मेडिकल कलेजमा चार दिन अचेत रहेका बालक शिक्षण अस्पतालमा पाँच दिनदेखि अचेत छन् । घरको आर्थिक स्थिति दयनीय भएका प्रकाशले यतिखेर आफ्नो सन्तानको भिख मागिरहेका छन् ।

आफूसँग भएको र ऋण खोजेको सबै पैसा उपचारमा खर्च भएको भन्दै आफ्नो सन्तानको जीवन रक्षा गरिदिन दानवीरहरुसँग ठकुरीले आग्रह गरेका छन् । सास रहँदासम्म आश लागेको भन्दै सन्तानको माया बिर्सन नसकिने भन्दै आँखाभरी आँसु लिँदै दाताको सहयोगलाई आफूले जीवनभर सम्झिने बताएका छन् ।

बालक अभिषेकको टाउकाको तीन प्रमुख नसामा रगत जमेको चिकित्सक बताउँछन् । शिक्षण अस्पताल ल्याउँदा भन्दा थोरै सुधार भएको बताइएको छ । शनिबारदेखि पाइपको माध्यमबाट दाल खुवाइएको पनि ठकुरीले बताए ।

उनको जीवन रक्षार्थ सहयोग गर्न चाहने दाताले अभिषेक ठकुरीकी फुपु कमला ठकुरीको नाममा एनआइसी एशिया बैंक बनेपामा रहेको खाता नम्बर ००७५७५०४४८०८६००१ मा जम्मा गर्न सकिने छ । फोनमा कुरा गर्न चाहने दाताले कमला ठकुरीको ९८६१९१६८८८ वा प्रकाश ठकुरीको ९८४७००४७७२ मा सम्पर्क गर्न सकिने छ ।