स्वतन्त्र पार्टीमा अर्कै पार्टीका सांसद !

स्वतन्त्र पार्टीमा अर्कै पार्टीका सांसद !


स्वतन्त्रको नाममा खोलिएको पार्टीभित्र काङ्ग्रेसको कमिटीमा आबद्ध ब्यक्तिलाई समानुपातिक सांसद बनाएको विषयलाई लिएर तनाव उत्पन्न भएको जानकारी प्राप्त भएको छ । हालै सम्पन्न निर्वाचनमा काङ्ग्रेसको चुनावी घोषणापत्र तयारी कमिटीमा रहेका मनिष झालाई समानुपातिक सांसद बनाइएपछि पार्टीमा प्रश्न उठेको हो ।

युवा नेता सन्तोष परियारले केही गम्भीर विषयहरू उठान गर्ने क्रममा मनिष काङ्ग्रेसको घोषणापत्र लेखन कमिटीमा रहँदारहँदै कसरी स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा परे भनी प्रश्न उठाएका थिए । त्यसरी सन्तोषले प्रश्न उठाएपछि मात्र पार्टीका अन्य नेताहरूलाई त्यसबारे जानकारी मिलेको थियो । पार्टी अध्यक्षले गम्भीर गल्ती भएको भनी स्वीकार गरेपछि उक्त मुद्दा चर्कनबाट रोकिएको थियो । यस प्रकरणपश्चात् मनिष झा रक्षात्मक बनेका छन् । त्यसअघि उनी निकै आक्रामक रूपमा प्रस्तुत हुने गर्दथे ।

सन्तोष परियारले अर्को पार्टीका फलानो ब्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्छ भनी जिम्मेवार नेताहरूबाट अभिव्यक्ति आउनु उपयुक्त नभएको भन्दै हामीले पार्टीसँग सहकार्य गर्ने या नगर्ने भनी निर्णय लिनु उपयुक्त हुने विचार राख्दा त्यसप्रति पनि अन्य नेताहरूले सहमति जनाएका थिए । पार्टी अध्यक्षले गगन थापाको नामै किटेर उनलाई प्रधानमन्त्री बनाउने भए समर्थन गर्छु भन्ने भनाइ राजनीतिक दृष्टिले परिपक्व नभएको भनी परियारले सबैको ध्यानाकर्षण गरेका थिए । उनको विचारमा सबैले सहमति जनाएको बुझिएको छ ।