एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच डेढ वर्षपछि अनौपचारिक छलफल र संवाद भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयताको सपथ कार्यक्रममा तीन पूर्वप्रधानमन्त्रीबीच छलफल भएको हो ।
तीनै नेता पूर्वप्रधानमन्त्रीको हैसियतमा सपथ कार्यक्रममा सहभागी भएका थिए । ओली, प्रचण्ड र खनाल सँगै तीनवटा कुर्सीमा बसेका थिए । त्यहीबेला उनीहरूबीच संवाद भएको हो ।
एमाले अध्यक्ष ओलीको निजी सचिवालयले सार्वजनिक गरेको तस्बिरमा तीनैजना कुराकानी गरिरहेको देखिन्छ । निर्वाचनको परिणामपछि तीनै नेताबीच पहिलोपटक छलफल भएको हो । उनीहरुबीच के कुराकानी भयो होला भन्ने जिज्ञासा जागृत भएपनि आधिकारिक विवरण आउन बाँकी छ ।
प्रतिक्रिया