संस्कृत भाषामा शपथ लिने पहिलो सांसद बने किरण साह

संस्कृत भाषामा शपथ लिने पहिलो सांसद बने किरण साह


प्रतिनिधिसभामा स्वतन्त्र सांसद किरण साहले संस्कृत भाषामा शपथ लिएका छन् ।

मातृभाषामा शपथ लिनका लागि संसद् सचिवालयले आह्वान गरेपछि रौतहट-२ बाट निर्वाचित स्वतन्त्र सांसद साहले संस्कृत भाषामा शपथ लिएका हुन् ।

नेपालको संसदीय इतिहासमा संस्कृत भाषामा शपथ लिने साह सम्भवत: पहिलो र एक मात्र सांसद हुन् । शपथ ग्रहण समारोहमा भाग लिनुअघि उनी पशुपतिनाथको दर्शन गर्न पुगेका थिए ।