प्रचण्डलाई थप तीन सांसदको समर्थन

प्रचण्डलाई थप तीन सांसदको समर्थन


माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन थप तीन सांसदको समर्थन प्राप्त भएको छ ।

प्रचण्डले आफूलाई प्रतिनिधिसभाका बहुमत सदस्यको समर्थन रहेको भन्दै प्रधानमन्त्री पदमा दाबी पेस गर्ने क्रममा थप तीन जना सांसदको समर्थन प्राप्त भएको हो ।

एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुपिक्त पार्टी र स्वतन्त्र सांसदत्रय प्रभु साह, अमरेशकुमार सिंह र किरणकुमार साहको समर्थनसहित प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेस गरेका छन् ।