उरुग्वेका पूर्व मिडफिल्डर नेइलको निधन

उरुग्वेका पूर्व मिडफिल्डर नेइलको निधन


उरुग्वेका पूर्व मिडफिल्डर फाविअन ओ नेइलको ४९ वर्षको उमेरमा निधन भएको छ । नेइलले कागइअरी र नासिओनलबाट लिग खेलेका थिए । उनको आइतबार निधन भएको उरुग्वे सकर फेडेरेसनले जनाएको हो ।

नेइललाई आइतबार कोमामा राखिएको थियो । नेइलको कलेजोमा अत्याधिक रक्तश्राप देखिएको थियो ।

नेइलले उरुग्वेको राष्ट्रिय टोलीबाट १९ खेल खेलेका थिए । सन् २००२ को विश्वकप टोलीमा उनको नाम थियो । जापान र दक्षिण कोरियाले संयुक्त रुपमा आयोजना गरेको विश्वकपमा भने नेइलले खेल्न पाएनन् ।