एमालेबाट पहिलो चरणमा विष्णु पौडेलसहित चार नेता सरकारमा जाँदै

एमालेबाट पहिलो चरणमा विष्णु पौडेलसहित चार नेता सरकारमा जाँदै


नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेलसहित चार जना सरकारमा जाने भएका छन् ।

उपप्रधानमन्त्री र अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी पौडेल सरकारमा जाँदैछन् भने दामोदर भण्डारी, ज्वाला साह र राजेन्द्र राईलाई मन्त्री बनाउने एमालेको तयारी रहेको बुझिएको छ । चार मन्त्रीहरूको सम्भवत: आजै शपथग्रहण हुनेछ ।

सोमबार ४ बजे नवनियुक्त प्रधानमन्त्री प्रचण्डले शपथ लिँदैछन् । राष्ट्रपति कार्यालय शितल निवासमा हुने शपथ कार्यक्रममा सत्ता गठबन्धनबाट सिफारिसमा परेका अन्य उपप्रधानमन्त्री तथा मन्त्रीहरूले शपथ लिने जनाइएको छ ।

यसैबीच, सिके राउतको जनमत पार्टीलाई उद्योग मन्त्रालयको जिम्मेवारी प्रदान गरिने भएको छ । सोमबार संघीय संसद् भवनमा बसेको सत्ता गठबन्धनको बैठकले जनमत पार्टीलाई उद्योग मन्त्रालय दिने निर्णय गरेको हो ।

सिके राउतले आफ्नो पार्टीलाई कृषि वा उद्योग मन्त्रालयमा मागेका थिए । जनमत पार्टीबाट प्रतिनिधिसभामा ६ जना सांसद छन् ।