समसामयिक राजनीतिक समीक्षार्थ पुस २२ मा कांग्रेस केन्द्रीय समिति बैठक

समसामयिक राजनीतिक समीक्षार्थ पुस २२ मा कांग्रेस केन्द्रीय समिति बैठक


नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस २२ गते बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को समीक्षा र समसामयिक राजनीतिका सन्दर्भमा छलफल हुने जनाइएको छ ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रतिनिधि सभामा सबैभन्दा बढी ८९ सिटमा विजयी भएर कांग्रेस सङ्घीय संसदको ठूलो दल बनेको छ । तर, नयाँ सरकारको नेतृत्व गर्नबाट कांग्रेस चुकेपछि शीर्ष नेतृत्वको आलोचना भइरहेको छ ।