प्रधानमन्त्री प्रचण्ड भन्छन्- ‘पहिलो भ्रमण भारत हुन सक्छ’

प्रधानमन्त्री प्रचण्ड भन्छन्- ‘पहिलो भ्रमण भारत हुन सक्छ’


प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुने संकेत गरेका छन् । भारतीय टेलिभिजन च्यानल एबीपी न्यूजलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुने सम्भावना रहेको बताएका हुन् ।

आफूलाई पहिलो पटक जहाँबाट भ्रमणको निम्तो आउँछ त्यहीँ नै जाने प्रचण्डको भनाइ छ थियो ।

पहिलो पटक प्रधानमन्त्री हुँदा सन् २००८ मा प्रचण्ड पहिलो विदेश भ्रमण गर्दै बेइजिङ ओलम्पिकको उद्घाटन समारोहमा चीन पुगेका थिए । नेपालमा प्रधानमन्त्री नियुक्त भएपछि पहिलो भ्रमण भारतबाट सुरु गर्ने परम्परालाई त्यतिबेला उनले तोडेका थिए ।

प्रचण्डले अन्तर्वार्तामा आफू प्रधानमन्त्रीको रुपमा सोमबार नियुक्त भएलगत्तै भारतीय पक्षबाट पहिलो पटक बधाई आएको बताए ।