प्रवक्ता बन्न अस्वीकार !

प्रवक्ता बन्न अस्वीकार !


पौष ११ गते सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकमा प्रवक्ता चयनको विषयले असामान्य रूप लियो । प्रधानमन्त्री प्रचण्डले सरकारको प्रवक्ताको भूमिका निर्वाह गर्न उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको नाम बैठकमा प्रस्तुत गरेका थिए । तर प्रचण्डको अपेक्षाविपरीत श्रेष्ठले प्रवक्ता बन्न अस्वीकार गरिदिए । प्रधानमन्त्रीले पटक-पटक आग्रह गर्दा पनि श्रेष्ठ त्यसनिम्ति तयार भएनन् ।

त्यसपछि गृहमन्त्रालयको जिम्मेवारी लिएका उपप्रधानमन्त्रीलाई प्रवक्ताको भूमिका निर्वाह गर्न प्रस्ताव गर्दा उनले पनि अस्वीकार गरिदिए । त्यसपछि अर्का उपप्रधानमन्त्रीलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णयमा प्रधानमन्त्री पुगेका थिए ।

अर्थ मन्त्रालयको जिम्मेवारी लिएका बिष्णु पौडेललाई प्रवक्ता तोकिएको छ । नारायणकाजी श्रेष्ठले किन प्रवक्ताको जिम्मेवारी पूरा गर्न अस्वीकार गरेका हुन्, त्यसलाई अर्थपूर्ण मानिएको छ ।