एमाले अध्यक्ष केपी शर्मा ओली गृह मन्त्रालय स्वतन्त्र पार्टीका अध्यक्षलाई जिम्मा लगाउने निर्णयमा पुगेपछि प्रचण्ड निकै तनावमा परे । गृह र अर्थ मन्त्रालयमध्ये एउटा आफूले पाउनुपर्ने दाबी प्रचण्डको थियो । तर केपी प्रचण्डको भनाइमा सहमत हुन सकेनन् ।
केपीले अर्थ मन्त्रालय एमालेले लिने र गृह स्वतन्त्र पार्टीलाई दिने प्रस्ताव प्रचण्ड समक्ष राखे र, त्यसैमा अडान लिए । गृह माओवादीले पाएको भए नारायणकाजी श्रेष्ठले त्यसको जिम्मेवारी लिने निश्चित थियो । तर केपी आफ्नो अडान छोड्न तयार भएनन् ।
प्रचण्ड र केपीबीच दुई घण्टाभन्दा बढी समय गृह मन्त्रालयकै विषयलाई लिएर विवाद भयो । निकै चर्काचर्की परेपछि अन्त्यमा केपीले भने- ‘यदि स्वतन्त्रलाई गृह दिइँदैन भने एमाले पनि सरकारमा जाँदैन, हामी बाहिरै बसेर समर्थन गरौँला, तपाईं आरामले सरकार चलाउनुहोला ।’
यसरी केपीले सरकार छोड्ने तर जिद्दी नछोड्ने स्थिति देखिएपछि प्रचण्ड गृहमन्त्रालय ‘स्वतन्त्रवाला’लाई सुम्पन तयार भएका थिए ।
प्रतिक्रिया