२६ पुसमा विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

२६ पुसमा विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी


संसद् सचिवालयमा दर्ता गरियो पत्र

प्रधानमन्त्री प्रचण्डले यही पुस २६ का दिन विश्वासको मत लिने तयारी गरेका छन् । उक्त दिन विश्वासको मत लिने व्यवस्था मिलाउन संघीय संसद् सचिवालयमा पत्र पठाइएको छ ।

१० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । जसकारण प्रधानमन्त्री प्रचण्डले सोमबार संघीय संसद सचिवालयलाई २६ पुसमा विश्वासको मत लिने व्यवस्था मिलाउन पत्र दर्ता गरेका हुन् ।

२६ पुसको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा विश्वासको मत लिने व्यवस्था मिलाउन पत्रमा प्रधानमन्त्रीले भनेका छन् ।