‘ती’ प्रचण्ड र ‘यी’ प्रचण्ड !

‘ती’ प्रचण्ड र ‘यी’ प्रचण्ड !


प्रचण्डको निरीह अवस्थाले एउटा भावावेशी र चर्को क्रान्तिकारीको अवसान कसरी हुँदोरहेछ भन्ने छर्लङ्ग पारिदिएको छ । हिजो कुनैबेला राजाको पाउमा दाम चढाएर प्रधानमन्त्री बन्ने लोकेन्द्रबहादुरहरू भन्दा केपीको शरणागत भएर प्रधानमन्त्री बन्ने प्रचण्डको औकात भिन्न नरहेको महसूस गर्न थालिएको छ ।

देवप्रकाश त्रिपाठी

त्यसबेला नेपाली समाजले चिनेको या कुनै ख्याति आर्जन गरेका ब्यक्ति प्रचण्ड थिएनन्, होइनन् । जतिबेला मुलुकमा जनवादी क्रान्तिलाई उद्देश्य बनाइएको दाबीसहित हिंसात्मक युद्ध सुरु भयो त्यतिबेला (विक्रम सम्वत २०५२) प्रचण्डलाई चिन्ने कम्युनिष्ट आन्दोलनभित्रका केही बाहेक कोही थिएनन् । जनताको लागि लडेको दाबी गर्ने प्रचण्ड जनताको पहुँच भन्दा धेरै टाढा र बाहिर थिए । कुनै समयको शक्तिशाली कम्युनिष्ट पार्टी नेकपा (चौ.म.) का कार्यकर्ता प्रचण्ड २०४० सालमा प्रमुख दुई नेताहरू (मोहनविक्रम सिंह र निर्मल लामा) बीच उत्पन्न मतभेदले पार्टी विभाजनसम्म पुऱ्याएको चार वर्षमै नेकपा मशालको महामन्त्री बनेर प्रकट भएका थिए ।

मोहनविक्रमजीले नेतृत्व गरेको समूह पनि विभाजित भएर ‘मसाल’ र ‘मशाल’ बनेको र, मशालका महामन्त्री मोहन वैद्यले ‘सेक्टर काण्ड’लाई लिएर राजीनामा दिएपछि उनकै जोडबलमा प्रचण्ड महामन्त्री बनाइएका थिए । त्यतिबेला सीपी गजुरेल महामन्त्रीका सर्वाधिक बलिया दाबेदार थिए, तर वैद्यले प्रचण्डमा के देखे कुन्नि सोझै महामन्त्री बनाइदिए, मोहनविक्रम ‘मसाल’ नामको एउटा समूह लिएर पहिले नै निस्किएका थिए । बाबुराम भट्टराई नामक त्यसबेलाका एक महत्वाकाङ्क्षी ‘जे एन यू प्रोडक्ट’ युवा मसालतिर लहस्सिए र उच्च पदीय हैसियत प्राप्त गर्न सफल भए भने अर्का महत्वाकाङ्क्षी युवा प्रचण्ड अर्कातिर लहस्सिएर पोलिटब्यूरोमा पुगेका थिए । वैद्यले महामन्त्री बनाइदिएको यही घटनापछि प्रचण्डको नाम कम्युनिष्ट आन्दोलनभित्र सुन्न थालिएको हो । तर पछि बाबुराम पनि मोहनविक्रमसँग मिल्न सकेनन् र प्रचण्डकै नेतृत्वको मशालमा आश्रय लिन पुगेका हुन् । त्यो समयमा काङ्ग्रेसका नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला थिए, उनिहरूलाई चामत्कारिक ब्यक्तित्व ठानिदैनथ्यो, कम्युनिष्ट आन्दोलनका एक भूमिगत नेता सीपी मैनाली चर्चामा थिए । सीपीको नाम त्यसताक दन्त्यकथाका पात्रझैँ लिइन्थ्यो । अर्का परिचित नेता थिए मनमोहन अधिकारी थिए, जसको सङ्गठन धेरै कमजोर थियो ।

पश्चिमाहरूको विश्वास र दक्षिणको साथ गुमाएको अनुभूति गरिरहेका प्रचण्डलाई उत्तरको छिमेकीमाथि सम्भवतः भरोसा रहेन । जसरी भएपनि प्रधानमन्त्री बनेरै छोड्ने आकाङ्क्षाले उनलाई केपी शर्मा ओलीको शरणमा पुऱ्याइदिएको हो । केपीको आज्ञाबिना आफ्नै कुर्चिको धुलो पुछेर बस्ने हैसियत पनि उनले गुमाइसकेको देखिँदैछ । रातारात कुनै चमत्कार भएन भने प्रचण्डका आगामी दिनहरू केपीको लाचार छायाका रूपमा बित्ने निश्चित छ ।

२०४६ को जनआन्दोलन काङ्ग्रेस र पाँच वामपन्थी समूहको संयुक्त आयोजनामा सञ्चालित थियो । नेकपा माले (हालको एमाले), नेकपा (चौम), नेमकिपा र मनमोहन अधिकारी तथा तुल्सीलाल अमात्य समूहको सहभागिता पाँच वामपन्थी समूहमा थियो । आफूलाई अलिक बढी क्रान्तिकारी ठान्ने नेकपा मशाललाई संयुक्त आन्दोलनमा सामेल गर्ने रुचि अन्य पक्षले लिएनन् र, मशाल पनि त्यसरी मोर्चामा सामेल भएर जान उत्साहित भएन । तर, त्यसबेला संयुक्त राष्ट्रिय जनआन्दोलन नाममा एउटा समूह बनाएर मशाल पनि पञ्चायतविरूद्ध सडक आन्दोलनमा उत्रिएको थियो । फागुन ७ गतेदेखि काङ्ग्रेस र पाँच वाम समूहले सङ्घर्षको थालनी गरेको भएपनि त्यसले गति लिइरहेको थिएन । चैत ६ गते कीर्तिपुरमा आयोजित एक अन्तरक्रियात्मक कार्यक्रममा प्रहरीले अवान्छित हस्तक्षेप गरेपछि मात्र वातावरण अलिक तात्न थालेको थियो । चैत २४ गते संयुक्त राष्ट्रिय जन अन्दोलन समितिले आह्वान गरेको नेपाल बन्दलाई सबैले आ-आफ्नो ठाउँबाट सहयोग पुऱ्याएका थिए । त्यसपछि आन्दोलन चर्कियो र, चैत २६ गते मध्येरातमा आन्दोलनकारी नेताहरूसँग छलफल गरेर एउटा सहमति पश्चात राजा वीरेन्द्रले दलहरूमाथि लागेको प्रतिबन्ध हटेको घोषणा गरिदिए । उक्त सहमतिमा प्रचण्डहरूलाई सामेल गरिएको थिएन, त्यसैले उनिहरू रनाहामा परेका थिए र, आफ्नो कारणले परिवर्तन भएको दाबी गरिरहन्थे । यो पङ्क्तिकार त्यो समयको सर्वश्रेष्ठ मानिने विमर्श साप्ताहिकमा आवद्ध भएर पत्रकारिता गर्दै थियो । प्रचण्डको अन्तर्वार्ता लिने कुरा भयो र, मैले उहाँसँग भेटेर वार्तालाप गर्ने समय मिलाएँ । कोपुण्डोलको एक घरमा भेटेर भूमिगत नेतासँग कुराकानी गर्न मेरा सहकर्मी मित्र बद्री पौडेललाई समेत लिएर गएको थिएँ ।

अन्तर्वार्ता लिएर कार्यालयमा फर्किएपछि सम्पादक हरिहर विरहीजीले ‘प्रचण्ड कस्ता रहेछन्’ भनेर सोध्नुभयो । जवाफमा मैले भनेको थिएँ- ‘भूमिगत चर्चित नेता मोहनविक्रम सिंह जुन दिन खुला राजनीतिमा आउनुहुन्छ त्यसैदिनदेखि उहाँ सकिनुहुन्छ, तर जुन दिन प्रचण्ड खुला राजनीतिमा आउनुहुन्छ, उहाँले देश खानुहुन्छ ।’ त्यो अन्तर्वार्ता प्रचण्डको जीवनकै पहिलो भन्ने मलाई थाहा थिएन । २०६३ मा खुला भएर आएपछि डा. सुन्दरमणि दीक्षितको निवासमा आयोजित एक भेटघाट कार्यक्रममा प्रचण्ड आफैले भन्नुभएपछि मात्र मैले लिएको अन्तर्वार्ता उहाँको जीवनकै पहिलो रहेछ भन्ने थाहा भयो । (हाल उक्त अन्तर्वार्ताको एक प्रति घटना र विचारको कार्यालयमा सूरक्षित रहेको छ) मैले दुई घण्टा कुराकानी गरेकै आधारमा प्रचण्डबारे जुन निष्कर्ष निकालेको थिएँ अन्ततः त्यो सही सावित भयो, प्रचण्डले देश बनाउन नसके पनि देश खाएको चाहिँ मान्नैपर्ने अवस्था छ ।

दूरदृष्टि, इमानदारी, कार्यक्षमता र देशभक्ति हुन्थ्यो भने प्रचण्डलाई त्यतिबेला देश परिवर्तनको सम्पूर्ण अवसर उपलब्ध थियो । तर प्रचण्डले प्रधानमन्त्रीको ओहोदा पाइसकेपछि पनि आम नेपालीको हितलाई केन्द्रमा राखेर काम गर्न खोजेनन् या सकेनन् । केही थान आफ्नो पार्टीका लागि लडेका छापामारलाई राष्ट्रिय सेनामा घुसाउने र सम्पूर्ण सत्ताको स्थायी मालिक बन्ने बाहेकका कुरामा उनको ध्यान गएन ।

संसारका हरेक मानिस बुद्धि र भावना (अर्थात् मन)बाट चल्ने गर्दछन् । कतिपय मानिस भावनाप्रधान हुन्छन् भने कतिपयचाहिँ बुद्धिप्रधान । भावनाप्रधान मानिस अलिक आवेगी, चाँडै तात्ने, सेलाउने र बदलिइरहने स्वभावका हुन्छन् भने बुद्धिप्रधान मानिस स्थिर, रणनीतिक, सभ्य र अलिक चतुर हुन्छन् । कम्युनिष्ट बन्ने मानिस सामान्यतया भावनाप्रधान हुन्छन्, त्यसैले आवेगमा रमाउँछन् र, नकारात्मक कुराहरूबाट सजिलै प्रभावित हुन्छन् । उमेरले परिपक्वता देखाइसक्दा पनि यस्ता मानिस चर्का कुरा गर्छन् र तात्ने/तताउने काम गरिरहन्छन् । कम्युनिष्ट र गैरकम्युनिष्टहरूको स्वभाव, व्यवहार र प्रस्तुति हेर्न÷बुझ्न नेपालीहरू टाढा जानु पर्दैन, आफैले दैनिक झेल्नुपरेका नेताहरूलाई राम्रोसँग अवलोकन गरे हुन्छ । सत्तरी वर्ष उमेर समूहका कम्युनिष्ट र गैरकम्युनिष्ट समूहका नेताहरूलाई हेर्दा को बुद्धिप्रधान र को भावनाप्रधान भनी सजिलै छुट्ट्याउन सकिन्छ ।

मानिसको प्रवृत्तिलाई बुझेर नै हुनुपर्छ, स्वेडेनका राजाले कुनैबेला भनेका थिए- ‘जो मानिस पच्चीस वर्षको उमेरभित्र कम्युनिष्ट बन्दैन तिनको भावना (हार्ट) हुँदैन र जो पच्चीस वर्षपछि पनि कम्युनिष्ट रहिरहन्छ तिनको दिमाग (हेड) हुँदैन ।’ भावनाप्रधान मानिस ज्यादा महत्वाकाङ्क्षी भइदिए भने ती ज्यादै खतरनाक हुन्छन् । प्रचण्ड-बाबुराम भावनाप्रधानका साथै ज्यादा महत्वाकाङ्क्षी हुनुको परिणाम मुलुकले भोगिरहेछ ! आफ्नो निजी महत्वाकाङ्क्षा पूरा गर्न उनीहरूले जे गरे, जसरी जोसुकैसँग जस्तोसुकै सम्झौता गरे, त्यस्तो कर्म बुद्धिप्रधान मानिसबाट हुन सक्दैन । कम्युनिष्टहरूले चर्का कुरा गर्नु, हतियार र हिंसाका कुरा गर्नु स्वभाविक मानिन्छ । तर प्रचण्डहरू त्यतिबेला ज्यादै भावावेशमा आए जब मनमोहन अधिकारीको नेतृत्वमा नेकपा एमालेको एकमना सरकार (२०५१ मा) बन्यो ।

उमेरले परिपक्वता देखाइसक्दा पनि यस्ता मानिस चर्का कुरा गर्छन् र तात्ने÷तताउने काम गरिरहन्छन् । कम्युनिष्ट र गैरकम्युनिष्टहरूको स्वभाव, व्यवहार र प्रस्तुति हेर्न/बुझ्न नेपालीहरू टाढा जानु पर्दैन, आफैले दैनिक झेल्नुपरेका नेताहरूलाई राम्रोसँग अवलोकन गरे हुन्छ । सत्तरी वर्ष उमेर समूहका कम्युनिष्ट र गैरकम्युनिष्ट समूहका नेताहरूलाई हेर्दा को बुद्धिप्रधान र को भावनाप्रधान भनी सजिलै छुट्ट्याउन सकिन्छ ।

झापाको एउटा गाउँमा एकाध हिंसात्मक घटना गराएकोले त्यसैको पृष्ठभूमिमा एमाले एकमना सरकार बनाउने हैसियतसम्म आइपुगेको बुझाइ प्रचण्डहरूको थियो । त्यसैले २०५२ सालमा माओवादी बनेर उनिहरू हिंसात्मक सङ्घर्षमा गएका थिए । सङ्घर्षमा गइसकेपछि तिनको महत्वाकाङ्क्षासँग विदेशीको इच्छा र योजना जोडियो, परिणामले देशलाई अर्कै ठाउँमा अर्थात् आजको दारुण स्थितिमा पुऱ्याइदियो । २०६३ सालको परिवर्तनलगत्तै प्रचण्डले बीबीसी सेवालाई एक अन्तर्वार्ता दिएर हामी (प्रचण्ड-बाबुराम) राज्यको लाभको पदमा नजाने, बाहिरै रहेर काम गर्ने भनी घोषणा गरेका थिए, भावावेशमा गरिएको त्यस्तो घोषणा केही महिना पनि टिक्न सकेन । गिरिजालाई उछिनेर सत्ताको मालिक बन्न हतारिँदै २०६५ भदौमा प्रचण्ड प्रधानमन्त्री बने । जे-जस्तो कर्म/कुकर्मको पृष्ठभूमिबाट आएको भएपनि आम मानिसले प्रचण्डलाई शङ्काको सुविधा दिँदै सकारात्मक आशा राखेका हुन् । पहिलोपटक प्रचण्ड प्रधानमन्त्री बनेका बेला मुलुकमा उनको चाहनाभन्दा बाहिर गएर कसैले केही गर्न सक्दैन भन्ने ठानिन्थ्यो । हावा र पानी पनि प्रचण्डलाई सोधेर मात्र बहन्छन् कि भनेजस्तो स्थिति थियो ।

दूरदृष्टि, इमानदारी, कार्यक्षमता र देशभक्ति हुन्थ्यो भने प्रचण्डलाई त्यतिबेला देश परिवर्तनको सम्पूर्ण अवसर उपलब्ध थियो । तर प्रचण्डले प्रधानमन्त्रीको ओहोदा पाइसकेपछि पनि आम नेपालीको हितलाई केन्द्रमा राखेर काम गर्न खोजेनन् या सकेनन् । केही थान आफ्नो पार्टीका लागि लडेका छापामारलाई राष्ट्रिय सेनामा घुसाउने र सम्पूर्ण सत्ताको स्थायी मालिक बन्ने बाहेकका कुरामा उनको ध्यान गएन । नौ महिनाको समय क्रान्तिकारी छलाङ मार्ने कुरामै केन्द्रीत रहेर बित्यो । सेनालाई जिस्काउनुको परिणाम भोग्दै उनको पहिलो कार्यकाल बित्यो । दोस्रोपटक (२०७३ मा) सत्तामा आउन केपी शर्मा ओलीले दर्शाएको राष्ट्रवादी जस्तै भूमिकाले प्रचण्डलाई आधारभूमि तयार गरिदिएको हो ! पहिले सिंहशैलीमा प्रधानमन्त्री बनेका प्रचण्ड दोस्रोपटक हुँडार झैँ पराश्रीत भएर प्रधानमन्त्री पदमा विराजमान हुनुपऱ्यो । २०७० सालको चुनाव परिणामले औकात देखाइदिएपछि आत्तिएका प्रचण्डका निम्ति सत्ता पाउनु मात्रै पनि उपलब्धि हुने स्थिति बन्यो । त्यतिबेला केपीलाई हटाएर आफू प्रधानमन्त्री बन्नुको देखिने कारण सायद प्रचण्ड अहिले पनि प्रस्तुत गर्न सक्दैनन् ।

जे-जस्तो कर्म/कुकर्मको पृष्ठभूमिबाट आएको भएपनि आम मानिसले प्रचण्डलाई शङ्काको सुविधा दिँदै सकारात्मक आशा राखेका हुन् । पहिलोपटक प्रचण्ड प्रधानमन्त्री बनेका बेला मुलुकमा उनको चाहनाभन्दा बाहिर गएर कसैले केही गर्न सक्दैन भन्ने ठानिन्थ्यो । हावा र पानी पनि प्रचण्डलाई सोधेर मात्र बहन्छन् कि भनेजस्तो स्थिति थियो ।

तेस्रोपटक पटक (२०७९ मा) प्रधानमन्त्री बनेका प्रचण्डलाई मानिसले स्यालसँग तुलना गर्न थालेका छन्, उनको निरीह अवस्थाले एउटा भावावेशी र चर्को क्रान्तिकारीको अवसान कसरी हुँदोरहेछ भन्ने छर्लङ्ग पारिदिएको छ । हिजो कुनैबेला राजाको पाउमा दाम चढाएर प्रधानमन्त्री बन्ने लोकेन्द्रबहादुरहरू भन्दा केपीको शरणागत भएर प्रधानमन्त्री बन्ने प्रचण्डको औकात भिन्न नरहेको महसूस गर्न थालिएको छ । सोनिया गान्धीहरूको सत्ता र पश्चिमी आडमा रोल्पादेखि सिंहदरबारसम्मको यात्रा तय गरेका प्रचण्ड यतिबेला सहाराविहीन देखिएका छन् । पश्चिमाहरूको विश्वास र दक्षिणको साथ गुमाएको अनुभूति गरिरहेका प्रचण्डलाई उत्तरको छिमेकीमाथि सम्भवतः भरोसा रहेन । जसरी भएपनि प्रधानमन्त्री बनेरै छोड्ने आकाङ्क्षाले उनलाई केपी शर्मा ओलीको शरणमा पुऱ्याइदिएको हो । केपीको आज्ञाबिना आफ्नै कुर्चिको धुलो पुछेर बस्ने हैसियत पनि उनले गुमाइसकेको देखिँदैछ । रातारात कुनै चमत्कार भएन भने प्रचण्डका आगामी दिनहरू केपीको लाचार छायाका रूपमा बित्ने निश्चित छ ।

भावनाले नचलेर बुद्धिको प्रयोग भएको भए सम्भवतः प्रचण्डले यो स्तरको क्षणमा जिन्दगीलाई पु¥याउनुपर्ने थिएन । अरूको साथ गुमेको अवस्थामा केपीकै सहयोगले भएपनि वैतरिणी तर्ने प्रचण्डको आकाङ्क्षाले एउटा कम्युनिष्टको बिसर्जन कति टिठलाग्दो किसिमबाट हुनसक्दोरहेछ भन्ने विश्वदृष्टान्त स्थापित गरिदिएको छ, जय मातृभूमि !