स्वतन्त्र सांसद जसपा प्रवेश

स्वतन्त्र सांसद जसपा प्रवेश


मधेश प्रदेशबाट निर्वाचित स्वतन्त्र सांसद सरदा शंकरप्रसाद कलवार जसपा प्रवेश गरेका छन् ।

बारा जिल्लाको निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित कलवार जसपा प्रवेश गरेका हुन् । उनले नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका बलबीर चौधरी र माओवादीका उम्मेदवार मोतिलाल कुश्वाहालाई पराजित गरेका थिए ।

जनता समाजवादी पार्टी, नेपालबाट बागी उम्मेदवार बनेका कुश्वाहा आइतबार पुरानै पार्टीमा फर्केका हुन् । मधेश प्रदेशका अर्थ तथा योजना मन्त्री सञ्जयकुमार यादव, मधेश प्रदेशका अध्यक्ष रामबाबुकुमार यादवले उनलाई पार्टी प्रवेश गराएका हुन् ।

यससँगै मधेश प्रदेशमा जसपाको सांसद संंख्या १९ पुगेको छ ।