सिरियामा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या २३० भन्दा बढी

सिरियामा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या २३० भन्दा बढी


प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

दक्षिणपूर्वी टर्कीको टर्कीको नियन्त्रणमा रहेको सिरियाली भूभागमा केन्द्रविन्दु रहेको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या सोमबार २३० जनाभन्दा बढी पुगेको सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै १७.९ किलोमिटरको गहिराइमा केन्द्रविन्दु भइ ७.८ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्पमा परी सिरियाको अलेप्पो, लाटकिया, हामा र टार्टस प्रान्तमा ५१६ जना घाइते भएका छन् भने ११० जनाभन्दा बढीको मृत्यु भएको छ,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसअघि एक स्थानीय अस्पतालले सिरियाली टर्कीसमर्थक समूहको नियन्त्रणमा रहेको उत्तरी क्षेत्रमा कम्तीमा आठ जनाको मृत्यु भएको बताएको थियो ।

भूकम्पको धक्का लेबनान, सिरिया र साइप्रसमा महसूस गरिएको थियो ।

यसैबीच प्रधानमन्त्री प्रचण्डले टर्कीमा आएको भूकम्पमा परी दर्जनौँ नागरिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा समवेदना प्रकट गरेका छन् ।

स्थानीय समयअनुसार आज बिहान ४ः१७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै ७.८ म्याग्निच्युडको भूकम्प गएकोे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।