पूर्वसचिव डा. जोशीको निधन

पूर्वसचिव डा. जोशीको निधन


नेपाल सरकारका पूर्वसचिव डा. जीवगर जोशीको ७६ वर्षको उमेरमा निधन भएको छ । केही समयदेखि मुटुसम्बन्धी समस्याले पीडित जोशीको मंगलबार (३० असार) निधन भएको हो ।

काठमाडौं महानगरपालिका–१३ ताहाचल निवासी जोशी नेपालका एक प्रमुख शहरी योजनाकार, दिगो विकासविद् तथा क्षेत्रीय योजनाकार थिए । शहरी विकास मन्त्रालयको सचिव एवं वातावरण मन्त्रालयको सहसचिवलगायतको जिम्मेवारी निभाएका डा. जोशी पछिल्लोपटक पोखरा विश्वविद्यालयअन्तर्गतको स्कुल अफ इन्भाइरोन्मेन्टल म्यानेजमेण्टसँग आवद्ध थिए ।

पूर्वसचिव जोशीले अर्बन प्लानिङ इन नेपाल, हाउजिङ एण्ड अर्बन डेभलपमेण्ट इन नेपाल र रिजनल स्ट्रटजीज फर सस्टेनेबल डेभलपमेण्ट इन नेपाललगायतका पुस्तक लेखेका छन् ।