काङ्ग्रेस सरकारमा नजाने नेता कोइरालाको जिकिर

काङ्ग्रेस सरकारमा नजाने नेता कोइरालाको जिकिर


नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काङ्ग्रेस सरकारमा सहभागी नहुने दाबी गरिसकेका छन् । राष्ट्रपति पदमा कांग्रेसको उम्मेदार हुने भए पनि काङ्ग्रेस अहिले नै सरकारमा सहभागी नहुने जिकिर उनले गरेका हुन् ।

चितवनमा आज पत्रकारहरुसँग कुराकानी गर्दै नेता कोइरालाले भने, ‘कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ ।’

राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास गरिने पनि उनको भनाइ छ । राष्ट्रपति पद संविधानको रक्षाका लागि भएको भन्दै संविधानको रक्षा गर्नु सबैको जिम्मेवारी भएको कोइरालाले बताए ।

फरक प्रसङ्गमा बोल्दै उनले प्रेस स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने बताउनुभयो । लोकतन्त्र बिना विकास सम्भव नहुने भन्दै उनले प्रेस स्वतन्त्रता कांग्रेसका लागि महत्वपूर्ण भएको बताए । ‘आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन, राजनीतिमा सहनशीलता चाहिन्छ, सञ्चारमध्यामको काम खबरदारी गर्ने हो, अन्यथा मान्नु हुँदैन’, कोइरालाले भने ।