प्रचण्ड, ओली र देउवाबीच राष्ट्रिय सरोकारका विषयमा छलफल

प्रचण्ड, ओली र देउवाबीच राष्ट्रिय सरोकारका विषयमा छलफल


राष्ट्रिय सुरक्षा, सीमा सुरक्षालगायतका विषयमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार आयोजित छलफलमा गृह, रक्षा, परराष्ट्र मन्त्रालयका सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रमुख र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायतको सहभागिता थियो ।

प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाका अनुसार राष्ट्रिय सरोकारका विषयमा छलफल भएको हो । छलफलमा पूर्वप्रधानमन्त्रीको हैसियतमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीलाई आमन्त्रण गरिएको तिमिल्सिनाले जानकारी दिए ।

photo: rss