नयाँ उदाहरण बन्दै राष्ट्रपति विद्या !

नयाँ उदाहरण बन्दै राष्ट्रपति विद्या !


राष्ट्रपति विद्या भण्डारीले यही माघ २७ गते संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । आफ्नो कार्यकाल सकिनुभन्दा केही साताअघि राष्ट्रपतिले संसद्लाई विशेष सम्बोधन गर्न लाग्नुभएको हो । उक्त सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले विशेष घोषणा गर्नुहुने बुझिएको छ ।

प्राप्त जानकारीअनुसार राष्ट्रपतिले अवकाशपछि आवाशीय सुविधा नलिने र आफ्नै निवासमा बसोबास गर्नुहुने भएको छ । त्यस्तै उहाँले सूरक्षाकर्मीहरूको लावालस्कर पनि नराख्ने हुनुभएको छ । भण्डारीले संसद्लाई सम्बोधन गर्ने क्रममा उल्लिखित कुराहरू उल्लेख गर्नुहुने या नहुने भन्ने बुझिएको छैन, तर उहाँले पहिलेका राष्ट्रपतिले झैँ आवाशीय सुविधा र सूरक्षाकर्मीको लावालस्कर नराख्नुहुने चाहिँ निश्चित भएको बताइन्छ । उहाँले आफ्नो कार्यानुभव, राष्ट्रको समस्या, समाधानका उपाय र भावी कार्यदिशा बारे पनि संसद्लाई अवगत गराउनुहुने बुझिएको छ ।

एक सूत्रले जनाएअनुसार अवकाशपछि पनि विद्या भण्डारी सक्रिय राजनीतिक जीवनमा रहनुहुनेछ । कतिपयले उहाँबाट एमाले पार्टीको अध्यक्षता ग्रहण हुने अनुमान पनि गरेका छन् ।