आगामी फागुन महिनाको अन्तिम साता (२५ गते) नयाँ राष्ट्रपतिको निर्वाचन हुने भएपछि विभिन्न दलका नेताहरू राष्ट्रपति बन्ने दौडमा सामेल भएका छन् । पछिल्लो समयमा शेरबहादुर देउवा र केपी शर्मा ओलीको नामसमेत सम्भावित राष्ट्रपतिका रूपमा चर्चामा आएको छ ।
एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल, अनेकौँ पार्टीका संस्थापक तर हाल ‘नो’ पार्टीका नेता बाबुराम भट्टराई, काङ्ग्रेस नेताहरू रामचन्द्र पौडेल, मानबहादुर विश्वकर्मा, गोपालमान श्रेष्ठ र कृष्णप्रसाद सिटौला तथा एमालेका ईश्वर पोखरेल, पृथ्वी सुब्बा गुरुङ, अष्टलक्ष्मी शाक्य र सुवास नेम्बाङ तथा माओवादीका अमिक शेरचन र देव गुरुङको नाम सम्भावित राष्ट्रपतिका रूपमा अगाडि आएको छ ।
यसैबीच बामपन्थी नेता नारायणमान बिजुक्छेलाई केपी ओलीले राष्ट्रपति बन्न प्रस्ताव गर्दा उनले अस्वीकार गरेको बुझिएको छ । तटस्थ ब्यक्तिलाई राष्ट्रपति बनाउनु परेमा डा. जगमान गुरुङ सर्बस्वीकार्य हुने बताइन्छ भने पश्चिमाहरूले विवादास्पद पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ लगायत केही रहस्यमयी ब्यक्तिहरूको नाम विभिन्न कुनाबाट चर्चामा ल्याएका छन् ।
काङ्ग्रेसले राष्ट्रपति लैजाने स्थिति आएमा केपीले अमिक शेरचन या माधव नेपालको नाम प्रस्ताव गरेर प्रचण्डलाई अप्ठ्यारोमा परिदिने सम्भावना पनि रहेको छ ।
प्रतिक्रिया