आजको पञ्चाङ्ग एवम् राशिफल (२६ माघ २०७९ बिहीबार, ९ फरवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२६ माघ २०७९ बिहीबार, ९ फरवरी २०२३)


अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ माघ २६ गते बिहीबार तद्अनुसार सन् २०२३ फरवरी ९ तारिख फाल्गुन कृष्ण पक्षको चतुर्थी तिथि उत्तरा फाल्गुनी नक्षत्र सुकर्म योग बब करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः४८ मा र सूर्यास्त सांझ १७ः४९ बजे हुनेछ ।

आजको राशिफल

मेष – आरोग्यता र मान बढ्ने दिन भए पनि आज सोचेभन्दा कमै फाइदा मिल्नेछ । नयाँ सम्भावना देखापर्ने छ तर आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । श्रमको उचित मूल्य नमिल्न सक्छ। इर्ष्या गर्नेहरूले दुःख दिन सक्छन् । तथापि, मिठो भोजन प्राप्त हुनेछ । मित्रजनको साथ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – प्रेमभाव बढ्नेछ भने आरोग्यता वृद्धि हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सरसापटमा धन खर्च हुने समय छ, तर आम्दानी बढाउने काम पनि सुरु गर्न सकिनेछ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउने बेला छ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – समय शुभदायी छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ। परिणामदायी कार्यमा व्यस्तता बढ्नेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ ।

कर्कट – आजको दिन ब्यवसायमा लाभ हुनेछ। तथापि, अरूको भर पर्दा धोका हुन सक्छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । पराक्रम बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – आज अप्ठ्यारा कामको बोझ थपिन सक्छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । यात्रामा सफलता प्राप्त हुनेछ ।

कन्या – आरोग्यता वृद्धि हुनेछ । प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । रसरागमा आकर्षण बढ्नेछ । सुख बढ्नेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।

तुला – मान-महत्व वृद्धि हुने समय छ । सामाजिक काममा रुचि बढ्नेछ । तपाईंका कार्यबाट धेरैलाई फाइदा पुग्न सक्छ । अतिथिका रूपमा सत्कार पाइने सम्भावना छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – दिन त्यति शुभदायी देखिन्न । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । व्यापार-व्यवसायमा भने लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ । धनलाभ हुने योग छ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – कर्मबल बढ्ने योग भए पनि परिस्थिति विपरीत रहला । न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । स्वास्थ्य कमजोर रहनाले जाँगरमा कमी आउनेछ । पठनपाठनमा समय दिन नसकिएला । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । काममा अवरोध आउनाले मन खिन्न रहनेछ । नचिताएको ठाउमा धनन खर्च हुन सक्छ, सावधान रहनुहोला । मित्रजनको सहयोग समर्थन प्राप्त हुनेछ ।

मकर – आरोग्यता बढ्नेछ । आज कीर्तिमानी काम सम्पादन हुन सक्छ । काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौती समेत सामना गर्नपर्ला । आज प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ । रसराग तथा प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ प्राप्त होला ।

कुम्भ – जोखिम बढ्नेछ समय भए पनि प्रयासरत काम बन्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ भने लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । शुभ समाचार प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मीन – साझेदारीको काम बन्ने समय छ । आरोग्यता वृद्धि होला । आफन्तबाट टाढिनुपर्ने समय छ । पढाइलेखाइमा सामान्य प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त होला ।