आजको पञ्चाङ्ग एवम् राशिफल (२७ माघ २०७९ शुक्रबार, १० फरवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२७ माघ २०७९ शुक्रबार, १० फरवरी २०२३)


अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ माघ २७ गते शुक्रबार तद्अनुसार सन् २०२३ फरवरी १० तारिख फाल्गुन कृष्ण पक्षको पञ्चमी तिथि हस्ता नक्षत्र धृति योग कौलव करण आनन्दादियोगमा अमृत योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४७ बजे र सूर्यास्त साँझ १७ः५० बजे हुनेछ ।

आजको राशिफल

मेष – आज पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही नराम्रो होला । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन् । गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । समयको लाभ उठाउने प्रयत्न गर्नुहोला । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । इष्टमित्र एवम् सन्तानबाट सुख प्राप्त हुनेछ ।

वृष – प्रेमभाव बढ्ने र रसरागमा आकर्षण बढ्ने दिन छ । तर दिनको सुरुवात खासै राम्रो छैन । हैरानी बढ्न सक्छ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । सार्वजनिक समारोहमा भाग लिने र मानसम्मान प्राप्त हने योग छ । कर्मबल बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । रोकिएको काम बन्नुसंगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ ।

मिथुन – व्यस्तता बढ्नेछ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ। पढाइलेखाइमा प्रगति हुनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । मित्रताको बन्धन कसिएर जानेछ । रसरागमा रुचि बढ्नेछ । दायित्वलाई पूरा गर्नुहुनेछ । मिठो भोजन मिल्नेछ ।

कर्कट – पराक्रम बढ्नेछ जसले मान वृद्धि गराउला । यात्रामा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् । आत्मीयजनसँग भेटघाट होला । सरसफाइ, वागबगैंचा सम्बन्धी काममा आकर्षित होइएला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । आनन्दमा वृद्धि होला । मानसम्मान ख्याति फैलिनेछ ।

सिंह – पीडा दिनेहरु सक्रिय रहन सक्छन् सावधान रहनुहोला । केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनुहोला । व्यापारमा फाइदा हुने योग छ । शुभ समाचार प्राप्त हुनेछ । आफन्तसित भेटघाट होला । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ ।

कन्या – आजको दिन उपलब्धिपूर्ण रहला । प्रतिभा देखाएर अवसर हातपार्न सकिनेछ । मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । आरोग्यता बढ्नेछ । भाग्यबल बढ्नेछ, सुख वृद्धि हुनेछ । विलासमा रुचि बढ्नेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – आरोग्यता बढ्नेछ । रोकिएको काम बन्ने दिन छ । मिहेनेतले प्रतिष्पर्धाको दौड जिताउन सक्छ । श्रमको उचित मूल्यांकन होला । भौतिक साधन जुट्नेछन् । प्राकृतिक पर्यावरणमा रमाउने दिन छ । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । रोकिएको कार्य बन्ला । मनोकूलको काम बनेर मन प्रशन्न हुनेछ ।

वृश्चिक – आजको दिन आयस्रोत वृद्धि हुने र नयाँ दायित्व प्राप्त हुने योग छ । कर्मबल र समृद्धि बढ्नेछ । दाम्पत्य जीवन सुखद रहला । आमोदप्रमोदमा रमिरहनु हुनेछ । आफन्तको सहयोग बढ्ला । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनुसँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । इस्टमित्रको सहयोग पाउनुहुनेछ । सन्तानसुख बढ्नेछ ।

धनु – आज स्वास्थ्य कमजोर रहन सक्छ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । धन खर्चको योग छ । छिमेक वा साथी साथी सर्कलमा केही असमझदारी बढ्ने योग देखिए पनि समाधान भने हुनेछ । कर्मबल बढ्नेछ । आर्थिक हीत हुने काममा लाग्नु उपयुक्त हुनेछ ।

मकर – आज चिताएको काम पूरा नहुन सक्छ तर समझदारी बढ्नेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । उत्साहजनक समाचारले हर्ष बढ्नेछ । रसरागमा रुचि बढ्ला । नयाँ सम्भावना देखापर्ला । रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

कुम्भ – व्यस्तता बढ्नेछ । आरोग्यता वृद्धि होला । रसरागको भाव वृद्धि हुनेछ भने काममा सफलता मिल्नेछ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । तार्किक क्षमता बढ्नेछ भने नयाँ शिप तथा ज्ञान प्राप्त होला । नयाँ सवारी साधन प्राप्तिको योग छ। घरपरिवारको स्थिति अनुकूल रहनेछ ।

मीन – शुभता र आरोग्यता बढ्ने दिन छ । पारिवारिक सुख बढ्नेछ । गुरुजनको विशेष सहयोग जुट्ने योग छ । आज अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । धनलाभ होला । चिताएको काम बन्ने देखिन्छ । कर्मशील रहनुहोला ।आशा उत्साह बढ्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ । आनन्द वृद्धि हुनेछ ।