जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको आयु राष्ट्रपतिको निर्वाचनसम्मका लागि हुनसक्ने बताएका छन् ।
कपिलवस्तुमा आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले उक्त कुरा बताएका हुन् ।
‘प्रचण्ड नेतृत्वको वर्तमान सरकार इतिहासकै कमजोर भएकोले भरथेग होस् भनेर जसपाले समर्थन गरेको हो । तर गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताविरोधीहरुले सरकारलाई टिक्न दिने स्थिति देखिएन, राष्ट्रपतिको निर्वाचनसम्म सरकार ढल्ने सम्भावना देखियो’, यादवले भने ।
प्रतिक्रिया