सचिवको आगमन हुँदा एमाले सशङ्कित

सचिवको आगमन हुँदा एमाले सशङ्कित


भारतका विदेशसचिव विनय मोहन क्वात्रा नेपालको दुईदिने भ्रमणमा आउनुभएपछि यहाँको राजनीति तरङ्गित भएको छ । खासगरी नेकपा एमालेको नेतृत्वले क्वात्राको भ्रमणलाई अलिक संशयका साथ हेरेको पाइएको छ ।

विदेशसचिव विनय मोहन सचिवस्तरीय विशेष बैठकमा भाग लिन नेपाल आउनुभएको हो । उहाँले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री प्रचण्ड, पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा र केपी शर्मा ओली, परराष्ट्रमन्त्री लगायतसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्नुभयो ।

नेपालमा सत्ता समीकरण बदलिनसक्ने अनुमान चलिरहेको र, राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा भ्रमण भएकोले यो भ्रमणलाई अर्थपूर्ण मानिएको हो । तर क्वात्राले नेताहरूसँगको भेटमा कुनै सम्वेदनशील राजनीतिक एजेण्डामा वार्तालाप गरेको बुझिएको छैन ।