नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटघाट भएको छ ।
जसपाको केन्द्रीय कार्यालयमा शुक्रबार दुई नेताबीच करिव आधा घण्टा छलफल भएको थियो ।
भेटमा नेता पौडेलले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष यादवलाई अनुरोध गरेका थिए भने यादवले उपराष्ट्रपतिबारे चासो व्यक्त गरेका बुझिएको छ ।
राष्ट्रपतिको निर्वाचन, विधान अधिवेशनको तयारी लगायतका एजेण्डामा छलफल गर्न जसपाले आइतबार कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
प्रतिक्रिया